४१ करोड आम्दानी गरेको साझा यातायात ७ करोड घाटामा

काठमाडौं । सरकारको ९२.१८ प्रतिशत लगानी रहेको साझा यातायात ७ करोड रुपैयाँ घाटामा रहेको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८३’ अनुसार साझा यातायातले आर्थिक वर्ष २०८१/८२ मा ७ करोड ७ लाख १३ हजार रुपैयाँ घाटा व्यहोरेको हो ।

जबकि, साझाले आव २०८०/८१ मा ८ करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । साझाको बिक्री आम्दानीमा ठूलो गिरावट आउँदा घाटामा गएको हो ।

गत आवमा साझाको संचालन आम्दानी ४१ करोड ५ लाख रुपैयाँ रहेको छ । यो अघिल्लो आवको तुलनामा २४.७४ प्रतिशत कम हो । साझाले आव २०८०/८१ मा ५४ करोड ७ लाख रुपैयाँ संचालन आम्दानी गरेको थियो ।

गत आवमा साझाको प्रशासनिक खर्च (कर्मचारी सहित) १३.१३ प्रतिशतले बढेको छ । आव २०८१/८२ मा साझाको प्रशासनिक खर्च ३ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।

साझा यातायातको नेटवर्थमा घटेको छ । आव २०८०/८१ मा नेटवर्थ ४ अर्ब ३२ करोड रुपैयाँ रहेकोमा आव २०८१/८२ मा ४ अर्ब २५ करोड रुपैयाँमा झरेको छ ।

हाल साझाको चुक्ता पूँजी ३ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । जसमा सरकारको ३ अर्ब २६ करोर्ड) रुपैयाँ र अन्य संस्था तथा व्यक्तिको २७ करोड रुपैयाँ लगानी छ ।


Back_to_top