लिटरमै ३० रुपैयाँले घट्यो डिजेलको भाउ, पेट्रोलको कति ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य घटाएको छ । निगमले बुधबार बिहानदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ र डिजेल/मट्टीतेलको प्रतिलिटर ३० रुपैयाँले घटाएको हो ।

मूल्य समायोजनसँगै पेट्रोलको भाउ पहिलो वर्गका लागि प्रतिलिटर १९४.५० रुपैयाँ, दोस्रो वर्गमा १९६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १९७ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, डिजेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १९२.५० रुपैयाँ, दोस्रो वर्गमा १९४ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १९५ रुपैयाँ कायम भएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौं, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।

त्यस्तै, निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २६५ अमेरिकी डलर बढाएको छ ।

नियमले खाना पकाउने एपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर १०० रुपैयाँ घटाएर २०६० रुपैयाँ कायम गरेको छ ।


Back_to_top