काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ सम्पन्न भएको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले साउन २६ गतेदेखि आयोजना गरेको एक्स्पोको दोस्रो संस्करण आइतबार समापन भएको हो ।
एक्स्पो सफलतापूर्वक सम्पन्न भएकोमा नाइमाका टिमले खुसियाली मनाएको थियो । नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले यो वर्षको मोबिलिटी एक्स्पो अत्यन्तै सफल भएको बताइन् । उनले अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेको बताइन् ।

उनका अनुसार ६ दिनमा एक्स्पो १ लाख ८० हजार जना बढीले अवलोकन गरेका छन् । उनले एक्स्पोमा उपभोक्ताले चासोका साथ एक्स्पो भ्रमण गरेको बताइन् । साथै, उत्साहजनक बुकिङले अटो बजारको सकारात्मक मनोविज्ञानलाई प्रतिबिम्बित गरेको उनको भनाइ थियो ।

आधिकारिक तथ्यांक नआए पनि एक्स्पोमा करिब ४ हजार बढी सवारी साधन बुकिङ भएको बताइएको छ ।

६ दिनसम्म चलेको एक्स्पोमा दुईपाँग्रे, चारपाँग्रे र कमर्शियल गरी ५५ ब्राण्डले सहभागिता जनाएका थिए । एक्स्पोमा ५३ वटा नयाँ मोडल लन्च भएका थिए ।

नाइमाले एक्स्पो अवधिभर हरेक दिन विभिन्न शिर्षकमा संवाद कार्यक्रम समेत गरेको थियो ।



