चितवनमा खुल्यो टोयोटाको अत्याधुनिक थ्री एस शोरुम

चितवन । नेपालमा टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले चितवनमा आफ्नो सेवा संजाल विस्तार गरेको छ ।

कम्पनीले अटोवेज पोखरा प्रालिलाई आधिकारिक डिलर नियुक्त गर्दै नारायणगढमा अत्याधुनिक थ्री एस (सेल्स, सर्भिस र स्पेयर पाट्र्स) सुविधा सहितको नयाँ शोरुम संचालनमा ल्याएको हो ।

यससँगै ग्राहकहरूले टोयोटा गाडी खरिद, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको मर्मत सेवा र जेन्युइन स्पेयर पाट्र्स एउटै स्थानबाट सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार नयाँ थ्रीएस शोरुमबाट चितवन, नवलपुर, मकवानपुर लगायत जिल्लाका ग्राहकलाई छिटो, भरपर्दो र गुणस्तरीय सेवा उपलब्ध गराउनेछ ।

अटोवेज पोखरा प्रालिका अध्यक्ष नारायणप्रसाद पौडेलले ग्राहकको विश्वास नै कम्पनीको सबैभन्दा ठूलो सम्पत्ति भएको बताए । उनले अत्याधुनिक थ्री एस सुविधा ग्राहकलाई उत्कृष्ट स्वामित्व अनुभव र प्रभावकारी बिक्रीपछिको सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको बताए ।

सन् २०११ मा भरतपुरबाट यात्रा सुरू गरेको अटोवेजले विगत १५ वर्षमा ग्राहकसँग बलियो सम्बन्ध निर्माण गर्दै आएको छ । उनले उद्योग, यातायात र कृषि क्षेत्रको तीव्र विकाससँगै चितवन नेपालको सबैभन्दा सम्भावनायुक्त अटोमोबाइल बजारमध्ये एक बनेको उल्लेख गर्दै ग्राहकलाई विश्वस्तरीय सेवा उपलब्ध गराउनु कम्पनीको प्राथमिकता रहेको बताए ।

वैद्य अर्गनाइजेशन अफ इन्डस्ट्रिज (भोइथ)का अध्यक्ष सुरज वैद्यले टोयोटाको सेवा विस्तार ग्राहकप्रतिको दीर्घकालीन प्रतिबद्धताको निरन्तरता भएको बताए । उनका अनुसार गुणस्तर, सुरक्षा, टिकाउपन र विश्वासका कारण टोयोटाले विश्वव्यापी पहिचान बनाएको हो ।

चितवनमा टोयोटाको आधुनिक आधुनिक थ्री एस सुविधा संचालनमा आउनुले स्थानीय ग्राहकलाई अझ सहज, छिटो र गुणस्तरीय सेवा उपलब्ध गराउँदै यस क्षेत्रको अटोमोबाइल बजारलाई थप गतिशील बनाउने अपेक्षा गरिएको छ ।


Back_to_top