नयाँ कार ‘हेक्टर, अल्ट्रोज, ट्राइबर र सेल्टोस’, कसरी राखियो यी नाम ? यस्तो छ रहस्य

पछिल्लो समय भारतीय बजारमा चर्चित सवारीहरु सार्वजनिक भएका छन् । नयाँ प्रविधि र विभिन्न विशेषताका कारण सवारीहरु थप चासोको विषय बन्ने गरेको छ । तर, हालै सार्वजनिक भएका र हुने क्रममा रहेको एमजी हेक्टर, किया सेल्टोस, टाटा अल्ट्रोजलगायत कार नामका कारण समेत धेरैको चासो बनेका छन् । 

यस्तोमा यी कारको नाम किन यस्तो र राखियो भन्ने रहस्य बारे हामीले यहाँ जानकारी दिने कोषिस गरेका छौं । 

एमजी हेक्टर

एमजीको हेक्टर केही समयअघि प्रिमियर भएको थियो भने यही जुनमा भारतमा बिक्री वितरण सुरु हुँदैछ । हेक्टर नाम ट्रोयका राजकुमार हेक्टरबाट लिइएको हो । ती राजकुमार उनको सयमका निक्कै शक्तिशाली मानिन्थे । 

त्यस्तै हेक्टर नाम ब्रिटेनको एयर फोर्सको जहाजको समेत थियो । यो नाम मार्फत एमजीले नयाँ एसयूभी शक्तिशाली भएको भन्ने संदेश दिन खोजेको हो । भारतमा सार्वजनिक भएको केही समयमा एमजीको हेक्टर नेपाल समेत आउने अनुमान गरिएको छ । 

किया सेल्टोस

किया सेल्टोस कियाद्वारा भारतमा निर्मित पहिलो कार हो । कियाले यो कारको नाम ग्रिकको पौराणिक पात्र हर्कुलसका छोरा सेल्टसबाट राखेको हो । कियाले यो एसयूभी गति, क्षमता र स्पोर्टीनेसबाट प्रभावित हुने जनाएको छ । 

कियाको नयाँ एसयूभी सेल्टोस भारतमा बिक्री सुरु भएको केही समयपछि नेपाल ल्याउने आनुमान गरिएको छ । 

टाटा अल्ट्रोज

टाटाको प्रिमियम ह्याचब्याक कार अल्ट्रोज केही दिनपछि भारतीय बजारमा सार्वजनिक हुँदैछ । टाटा अल्ट्रोजको नाम समुद्री पंक्षी अल्बाट्रोसबाट लिइएको हो । ११ फिटको पखेटा भएको यो पंक्षी नरोकिइ नै लामो दूरी तय गर्न सक्छ । 

टाटा अल्ट्रोज पनि नाडा अटो शोमा ल्याउने टाटाको नेपालका लागि सिप्रदी ट्रेडिङले जनाएको छ ।   

रेनो ट्राइबर

रेनोको कम्प्याक्ट एमपीभी ट्राइबर केही दिन अघि भारतीय बजारमा सार्वजनिक भएको हो । रेनोले ट्राइबर नाम ट्राइबर समुदायाबाट लिइएको बताइन्छ । यो समुदाय एक ठाउँबाट अर्को ठाउँमा गइरहन्छ । यो कार ७ सिट क्षमताको भएकाले धेरै मानिसलाई एकै पटक एक ठाउँबाट अर्को ठाउँसम्म पुर्याउन सक्छ । यो नामको अर्को अर्थ एडभेन्चरसँग पनि सम्बन्धित छ । 

रेनो ट्राइबर आगामी भदौ १० गतेदेखि हुने नाडा अटो शोमा सार्वजनिक हुने कम्पनी स्रोतले जानकारी दिएको छ ।


Back_to_top