मारुती सुजुकी इन्डियाले आफ्नो सव कम्प्याक्ट एसयूभी भिटारा ब्रेजा पेट्रोल इन्जिनमा ल्याउने भएको छ । यो मारुती सुजुकीले २०२० को मार्च ३१ पछि डिजेल कार नै उत्पादन नगर्ने योजनाको कार्यान्वयन हो ।
यस अघि मारुती सुजुकी भिटारा ब्रेजा डीडीआइएस १.३ लिटर डिजेल इन्जिनमा मात्र उपलब्ध थियो । नयाँ ब्रेजा भने पेट्रोल इन्जिनका साथै विभिन्न विशेषताहरु समेत थपिएर आउने भएको छ ।
नयाँ ब्रेजा सनरुफ, ४ एयरब्यागसहित आउने भएको छ । हालको भिटारा ब्रेजामा फ्रन्टमा दुईवटा एयरब्याग रहेको थियो । यो सुरक्षा विशेषता टप इन्ट भेरियन्टमा आउनेछ ।
ग्लोबल सी प्लेटफर्ममा उत्पादन भएको भिटारा ब्रेजाले केही महिना अघि भएको ग्लोबल एनसीएपी क्रास टेस्टमा फोर स्टार पाएको थियो । नयाँ ब्रेजामा सुजुकीको कनेक्टेड टेक्नोलोजी समेत समावेश हुने अनुमान गरिएको छ । त्यस्तै यसमा ड्राइभर विहेवियर एनलाइसिस, लाइभ भेइकल स्टाटस, भेइकल अलर्ट, इमर्जेन्सी अलर्टलगायत विशेषता समेत हुनेछ ।
नयाँ ब्रेजा १.५ लिटर के१५बी एसएचभीएस पेट्रोल वा १.२ लिटर के१२एन डूअलजेट पेट्रोल इन्जिनमा आउने अनुमान गरिएको छ । त्यस्तै ट्रान्समिसन म्यानुअल र अटोमेटिक दुवैमा आउनेछ ।


