पेट्रोल र डिजेल इन्जिनका सब-कम्प्याक्ट एसयूभी, उपभोक्ताको रोजाईमा कुन धेरै

भारतले २०२० अप्रिलदेखि सवारीसाधनमा प्रदूषण मापदण्ड स्तरोन्नति गर्दैछ । हाल भारतमा देशभर बीएस–फोर लागु भइरहेको छ  । त्यही उत्पादन भएका अधिकांश एसयूभी नेपाली बजारमा आउने गरेका छन् । 

भारतमा गाडी उत्पादन गर्ने केही कम्पनीले सन् २०२० अप्रिलबाट डिजेल इन्जिनयूक्त गाडी उत्पादन नगर्ने घोषणा गरेका छन् । तथापी डिजेल इन्जिन पूर्ण रुपमा भने बन्द हुने छैन । 

भारतमा पेट्रोल र डिजेल एसयूभीको एक वर्षको बिक्री

मारुती सुजुकीको भिटारा ब्रेजा एसयूभी डिजेल इन्जिनमा मात्र उपलब्ध रहेको छ । ब्रेजा सव फोर मिटर एसयूभी सेगमेन्टमा भारतमा सबैभन्दा धेरै बिक्री हुन्छ । त्यस्तै यो सेगमेन्टका टाटा नेक्सन, फोर्ड इकोस्पोर्ट, होन्डा डब्लूआर–भी, महिन्द्रा एक्सयूभी–३०० डिजेलमा इन्जिनमा समेत उपलब्ध रहेका छन् । 

२०१८ अप्रिलदेखि २०१९ मार्चसम्ममा भारतमा महिन्द्रा टीयूभी–३०० डिजेल इन्जिन १५ हजार ५४८ वटा बिक्री भएको थियो । त्यस्तै मारुती सुजुकी भिटारा ब्रेजा सोहीे अवधिमा १ लाख ५७ हजार ८८० वटा बिक्री भएको थियो । 

त्यस्तै टाटा नेक्सन यो अवधिमा ५५ हजार ८ वटा बिकेको थियो । यसमध्ये पेट्रोल भर्सन २६ हजार ९ सय ६१ र डिजेल भर्सनमा २८ हजार ४७ वटा बिक्री भएको थियो । यसमा डिजेल इन्जिननै बढी बिक्री भएको थियो । 

फोर्डको इकोस्पोर्ट ०१८ अप्रिलदेखि ०१९ मार्चसम्ममा ४६ हजार २२६ वटा बिक्री हुँदा पेट्रोल १६ हजार २९ र डिजेल ३० हजार २३६ वटा बिक्री भएको तथ्यांक छ । त्यस्तै होन्डा डब्लूआर–भी सोही आवधिमा ३३ हजार १० वटा बिक्री हुँदा पेट्रोल भर्सन १४ हजार ७ सय ८४ वटा र डिजेल १८ हजार २ सय २६ वटा रहेको छ । 

२०१९ को फेब्रुअरीमा सार्वजनिक भएको महिन्द्रा एक्यूभी–३०० त्यसयता ९ हजार ५ सय ३२ वटा बिक्री भएको छ । त्यसमध्ये २ हजार ७ सय ४४ वटा पेट्रोल इन्जिनमा र ६ हजार ७ सय ८८ वटा डिजेल इन्जिनमा बिक्री भएको छ । 

नेपालमा कस्तो ?

नेपालमा डिजेल र पेट्रोल इन्जिन युक्त मध्ये पेट्रोल कारको बिक्री धेरै हुने गरेको अनुमान गर्न सकिन्छ । यद्यपी पछिल्ला दिनमा ब्रेजा र नेक्सनको बिक्री राम्रै संख्यामा  भइरहेका छन् ।


Back_to_top