चीनद्धारा एनईभीमा दिएको सहुलियत थप कटौती, मूल्य बढ्ने

काठमाडौं । विश्वकै ठूलो ईभी बजार रहेको चीनले न्यू इनर्जी भेहिकलमा दिँदै आएको कर छुट र अनुदान सुविधाहरू थप कटौती गर्ने भएकाे ५ ।

चिनियाँ एनईभी बजार परिपक्क बन्दै गएसँगै सरकारले दिँदै आएका सहुलियतहरू क्रमशः कटौती गर्न थालेको हो । सन् २०२५ देखि नै अनुदान कटौती थालेको चीनले दिँदै आएका थप सुविधाहरू खोस्ने भएको हो । दशकौँदेखि दिइँदै आएका यी सुविधाहरू हट्दा ईभीको लागत र मूल्य बढ्ने संकेत देखिएको छ ।

राज्य कर प्रशासन र अन्य सरकारी विभागहरूले जारी गरेको संयुक्त घोषणा अनुसार, लिथियम प्राइमरी ब्याट्री र लिथियम आयन रिचार्ज गरिने ब्याट्रीहरूमा २०२६ सेप्टेम्बर १ देखि २ प्रतिशत उपभोग कर लाग्नेछ । यो दर २०२७ सेप्टेम्बर १ देखि बढेर ४ प्रतिशत पुग्नेछ।

यस निर्णयले चीनको ईभी ब्याट्री उद्योगलाई एक दशकभन्दा बढी समयदेखि सहयोग पुर्याउँदै आएको छुटको अन्त्य गरेको छ। विद्यमान कर नियम अनुसार साधारण ब्याट्रीमा ४ प्रतिशत उपभोग कर लाग्छ । ईभीमा प्रयोग हुने लिथियम आयन ब्याट्रीहरूले भने ऐतिहासिक रूपमा सहुलियत पाउँदै आएका थिए ।

अगस्ट २०२६ मा स्वदेशी ३१४ एम्पियर आवर लिथियम आइरन फोस्फेट इनर्जी स्टोरेज सेल्सको औसत मूल्य करिब ०.०७२ अमेरिकी डलर थियो । उदाहरणका लागि ६० किलोवाट आवर ब्याट्री भएको गाडीको २ प्रतिशत कर लागू भएपछि लागत ६२ डलर र ४प्रतिशत कर दर लागू भएपछि १२५ डलर लागत बढ्ने छ ।

यद्यपि, चीनले सोडियम आयन ब्याट्री, सोलिड स्टेट ब्याट्री र फ्युल सेलहरूमा भने २०२८ डिसेम्बर ३१ सम्म कर छुट दिएको छ ।

त्यस्तै, सन् २०२७ जनवरी १ देखि प्लगइन हाइब्रिड, रेन्ज एक्स्टेन्डर (इआरईभी) र कमर्सियल ईभीहरूले पाउँदै आएको कर छुट पूर्ण रूपमा हटाइनेछ । यद्यपि, प्योरईभी प्यासेन्जर कारहरूलाई भने यो वार्षिक कर लाग्ने छैन ।

चीन्ले यसअघि २०२६ जनवरी १ देखि एनईभीमा खरिद कर छुट ५० प्रतिशत (प्रभावी कर दर ५ प्रतिशत) मा सीमित गरिको थियो । त्यस्तै, २०२७ जनवरी १ देखि सहुलियतपूर्ण सवारी तथा जलयान कर सुविधा पनि फिर्ता लिइने घोषणा गरिसकेको छ ।


Back_to_top