भारतको नयाँ दिल्लीमा २०२० को फेब्रुअरीमा हुने अटो एक्स्पोमा संसारभरका विभिन्न अटोमोबाइल्स कम्पनीले इलेक्ट्रीक र हाइब्रिड कारलाई उच्च प्राथमिकता दिने भएका छन् । पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमै बढीरहको इलेक्ट्रीक र हाइब्रिड कार प्रतिको आकर्षण २०२० को अटो एक्स्पोमा समेत देखिने भएको हो ।
शून्य प्रदूषण कारको बिक्रीलाई विशेष प्राथमिकतामा राखेको हुन्डाइले अटो एक्स्पोमा इलेक्ट्रीक कार नेक्सो एफसिइभी प्रदर्शन गर्ने र २०२१ मा सार्वजनिक गर्ने भएको छ । यता, मारुती सुजुकीको चर्चित कार वागेनआरमा आधारित इभीको प्रोटोटाइप प्रदर्शन गर्ने तयारीमा जुटिरहेको छ । कम्पनीको पहिलो इलेक्ट्रीक कार वागेनआर इभी सात लाख भारुमा अटो एक्स्पोमा सार्वजनिक हुने भएको छ ।
अन्य कम्पनी जस्तै टाटा मोटर्स र महिन्द्रा कम्पनी सक्रिय रुपमा इभी निर्माणमा लागि परेका छन् । महिन्द्राले फुल चार्जमा १२० किलोमिटर रेन्ज प्रदान गर्ने केयूभी १०० लाई समेत अटो एक्स्पोमै प्रदर्शन गर्ने तयारी गरिरहेको छ ।
टाटाले २०१९ को जेनेभा मोटर शोमा प्रदर्शन गर्ने तयारी गरेको अल्ट्रोज बेस इभीले फुल चार्जमा २५० देखि ३०० किलोमिटर रेन्ज प्रदान गर्छ । यस्तै, इलेक्ट्रीफाइड भर्सनमा आउने महिन्द्राको एक्सयूभी–३०० सोही एक्स्पोमा प्रदर्शन हुनेछ ।
अर्काे अटो उत्पादक कम्पनीले रेनोले सिटी के जेडइमा आधारित के जेडइ अवधारणा सांघाई मोटर शोमा प्रदर्शन गर्ने भएको छ भने २०२० को अटो एक्स्पोमा डेभ्यू हुने भएको छ ।
यस्तै, २०१८ को अटो एक्स्पोमा होन्डाले प्रर्दशन गरेको स्पोर्ट इभीको अवधारणा र हालैमात्र सनर्वजनिक भएको इ ह्याचब्याकमा आधारित इ प्रोटोटाइप फ्रान्कफ्रुट मोटर शोमा प्रदर्शन हुनेछ । यसले फुल चार्चमा २०० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ ।
यसका साथै, कम्पनीले सिटीको नयाँ जेनेरेशनलाई हाइब्रिड संस्करणमा र होन्डा ज्याजको चौथौं जेनेरेशनलाई इभी रेन्जमा ल्याउने भएको छ । अटो शोमा सार्वजनिक हुने यस मोडलले फुल चार्जमा ३०० किलोमिटर रेन्ज प्रदान गर्छ ।


