१८ दिनपछि संचालनमा आयो कालीगण्डकी पुल

काठमाडौं । तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिकाको डेढगाउँ जोड्ने कालीगण्डकी नदी माथिको पुल १८ दिनपछि संचालनमा आएको छ ।

असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले पुलको दुवैतर्फको पहुँचमार्ग बगाएको थियो । उक्त स्थानमा मर्मत पुनः सडक बनाइ संचालनमा ल्याइएको हो ।

नवलपुरतर्फको अस्थायी पहुँच सडक गत साता नै निर्माण गरिएको भए पनि तनहुँतर्फको सडक भने बुधबार सम्पन्न भएको हो । दुवैतर्फको पहुँच सडक निर्माण भएपछि कालीगण्डकी पुलबाट बुधबारदेखि नै सवारीसाधन संचालनमा आएको पूर्वाधर विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएका छन् ।

पुल पुनः संचालनमा आएसँगै घिरिङबाट कालीगण्डकी करिडोर हुँदै नवलपुर, पाल्पा, स्याङ्जा, चितवन लगायत स्थानमा आवतजावत सहज हुनाका साथै स्थानीय नागरिक, यात्रु तथा मालसामान ढुवानीमा पनि राहत पुग्ने अपेक्षा गरिएको छ ।


Back_to_top