नयाँ इन्जिनमा नेपाल आयो एभेन्जर २२० क्रुज, मूल्य कति ?

काठमाडौं । नेपाली बजारमा बजाजको अपडेटेड एभेन्जर २२० क्रुज सार्वजनिक भएको छ ।

नेपालका लागि बजाजको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले एभेन्जर २२० क्रुज मोटरसाइकलको नयाँ अपडेटेड भर्सनको बिक्री सुरू गरेकोे हो ।

कम्पनीले नयाँ एभेन्जर २२० क्रुज मोटरसाइकलको मूल्य ४ लाख ८४ हजार ९०० रुपैयाँ तोकेको छ । कम्पनीले नेपालमा बिक्री थालेको नयाँ एभेन्जरको इन्जिन र सुरक्षा प्रणाली सिस्टममा अपडेट भएर आएको हो ।

पहिले बीएस ४ इन्जिनमा रहेको एभेन्जर २२० अब बीएस ६ इन्जिन सेटअपमा उपलब्ध भएको छ । साथै, यसमा सुरक्षा फिचरका रूपमा सिंगल च्यानल एबीएस सिस्टम पनि दिइएको हो । यसका अलवा मोटरसाइकलमा अन्य कुनै परिवर्तन गरिएको छैन ।

एभेन्जरमा २२० सीसीको सिंगल सिलिण्डर, आयल कुल्ड, ट्वीन स्पार्क डीटीएस आई, फोर स्ट्रोक, टु भल्ब, एसओएचसी, एफआई, बीएस ६ इन्जिन रहेको छ ।

यो इन्जिनले अधिकतम १९.३ पीएस पावर तथा १७.५५ एनएम टर्क जेनेरेट गर्छ । यसको इन्जिनलाई ५ स्पीडको गियरबक्ससँग जोडिएको छ ।

प्रपर क्रुजर डिजाइनमा आधारित एभेन्जर मोटरसाइकलमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, हेलोजन हेडल्याम्प र टेलल्याम्प, टेलिस्कोपिक विथ एन्टि फ्रिक्सन बस एण्ड ट्विन सक अब्जरर्बार, फ्रन्ट डिस्क र रियर ड्रम ब्रेक, स्ट्याण्डर्ड ब्रेकिङ सिस्टम, फ्रन्ट एबीएस, स्पोक ह्वील, अग्लो विन्डसिल्ड लगायत फिचर छन् ।


Back_to_top