४२८ किमि माइलेज दिने एमजीको इलेक्ट्रीक कारको बुकिङ्ग खुल्ला, मूल्य ५० लाख

काठमाडौं । मोरिस ग्यारेज (एमजी)ले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी ‘जेडएस’ काे नेपाली बजारमा आधिकारी बुकिङ्ग सुरु गरेको छ । कम्पनीले केही समयअघि मूल्य निर्धारण नगरिकन बुकिङ्ग लिन सुरु गरेको भएपनि अब मूल्य निर्धारण गरेर बुकिङ्ग सुरु गरेको हो । 

नेपाली बजारमा एमजीका उत्पादन पारामाउन्ट मोटर्सले  बिक्री वितरण गर्दै आएको छ । कम्पनीले नेपाली बजारमा बुकिङ्ग सुरु गरेको इलेक्ट्रीक कार दशैमा ग्राहकलाई हस्तान्त्रण गर्ने तयारी गरेको जनाएको छ । 

‘हामी नाडा अटो शो २०१९ मा नयाँ इलेक्ट्रीक गाडी सार्वजनिक गर्नेछौ । त्यसपछि क्रमिकरुपमा ग्राहकलाई हस्तान्त्रण गर्ने योजना छ’ कम्पनीका महाप्रबन्धक सचिन अर्यालले भने ।

नेपाली बजारमा यसको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको अर्यालले जानकारी दिए । कम्पनीले आफ्नो नयाँ एसयूभीलाई एकपटकको फुलचार्जमा ४२८ किलोमिटर चलाउन सकिने जानकारी दिएको छ । 

साथै कम्पनीले हरेक गाडीको खरिदमा ७ किलोवाटको फस्ट एसी चार्जर दिने समेत जानकारी दिएको छ । 


Back_to_top