काठमाडौं । नेपाल आयल निगमले दशैं बिदामा पनि आफ्ना १३ वटा डिपोहरू खुला राख्ने भएको छ ।
अन्य समयकोभन्दा दशैंमा सवारीको चाप बढ्ने भएकाले त्यसलाई मध्येनजर पप्पहरूलाई सहजै तेल आपूर्ति गराउन निगमले आफ्ना १३ वटा डिपोहरू खुला राख्ने भएको हो ।
निगमले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै दशैँको बिदामा उपभोक्तालाई इन्धनको अभाव हुन नदिन स्थानीय आवश्यकताका आधारमा प्रादेशिक तथा शाखा कार्यालय र डिपोहरू खोल्ने जानकारी दिएको हो ।
निगमका अनुसार दशैंको बिदाको समयमा कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको अमलेखगंज, बागमतीको थानको, गण्डकीको पोखरा, लुम्बिनीको भैरहवा, कर्णालीको सुर्खेत र सुदूरपश्चिम धनगढी प्रादेशिक कार्यालय खुला रहने छ ।
त्यस्तै, इन्धन डिपो नेपालगंज, दाङ, जनकपुर, चारआली (झापा), वीरगंज दिपायल डिपो पनि खुला रहने छन् ।
बिदाको समयमा इन्धन आपूर्ति तथा उपलब्धतामा कुनै समस्या देखिएमा तत्काल समाधान गर्न निगमले केन्द्रीय कार्यालयका अधिकारीहरूलाई सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।
निगमका अनुसार पेट्रोल र डिजेलको समस्याका लागि नवराज पोखरेललाई ९८४१४८०२०७ र एलपी ग्यास तथा हवाई इन्धनको समस्याका लागि सञ्जीव संग्रौलालाई ९८४१४३३६०४ मा सम्पर्क गर्न सकिने छ ।


