भारतको लोकसभा चुनावयता भारतको अटो उद्योग निरन्तर ओरालो लागि रहेको छ । सबैजसो सेगमेन्टका सवारीको बिक्री कमी आएको छ । तर पछिल्लो समय भारतीय बजारमा सार्वजनिक भएका केही यस्ता एसयूभी छन् जुन निरास उन्मुख अटो बजारमा उत्साह ल्याउन सफल भएका छन् ।
यसले उपभोक्ताको रोजाईमा आफ्नो बलियो पकड बनाउने लक्ष्यण देखाएका छन् ।
एमजी हेक्टर

बेलायती कार ब्रान्ड एमजीले भारतमा उत्पादन गरेको पहिलो एसयूभी हो हेक्टर । यसलाई भारतको पहिलो इन्टरनेट कारको रुपमा समेत लिइएको छ । २०१९ जुन २७ मा सार्वजनिक भएको हेक्टर २१ हजारभन्दा बढी बुकिङ भइसकेको छ ।
किया सेल्सोट

कोरियाली कार उत्पादक कम्पनी किया सेल्टोसको बुकिङ पनि उत्साहजनक नै रहेको छ । बुकिङ खोलिएको पहिलो दिन नै सेल्टोस ६ हजार यूनिट बुक भएको थियो । किया सेल्टोस भारतमा उत्पादन भएको कियाको पहिलो कार हो ।
महिन्द्रा एक्सयूभी–३००

निरन्तर गिरावट आइरहेको भारतको अटो बजारमा राम्रो बिक्री हुन सफल भएको अर्को एसयूभी हो महिन्द्रा एक्यूभी–३०० । महिन्द्राका लागि एक्सयूभी–३०० ले निक्कै उत्साह थपेको देखिन्छ । यो गाडी २०१९ को जनवरीमा सार्वजनिक भएयता २५ हजार भन्दा बढी बिक्री भइसकेको छ ।
हुन्डाई भेन्यू

हुन्डाईले २०१९ मे २१ मा भारतीय बजारमा कम्प्याक्ट एसयूभी भेन्यू सार्वजनिक गरेको थियो । हुन्डाईको भेन्यू बुकिङ अहिले पनि ४५ हजारभन्दा बढी रहेको कम्पनीले जनाएको छ । त्यसै सार्वजनिक भएयता २० हजार बढी भेन्यू डेलिभरी गरिसकेको हुन्डाई इन्डियाको भनाई छ ।


