यी हुन् नाडा अटो शोमा भाग लिने नयाँ ब्रान्डका मोटरसाइकल र कार

काठमाडौं । अबको १ महिनामा नाडा अटो शो २०१९ सुरु हुँदैछ । अटो शोमा सबैजसो ब्रान्डले नयाँ मोडल प्रदर्शनीका लागि राख्ने गरेका छन् । नयाँ मोडलका सवारी मात्र होइन नयाँ ब्रान्ड समेत आउने गरेका छन् । 

नेपाली बजारमा नयाँ–नयाँ ब्रान्डहरु भित्रिने क्रम बढेको छ । यो वर्षको नाडा अटो शोमा विभिन्न दुई पांग्रे तथा चार पांग्रे नयाँ ब्रान्डले सहभागिता जनाउँदै छन् । सवारीको बिक्री बढ्दै गएको र उपभोक्ताको चाहना नयाँ ब्रान्ड प्रति चासो हुने भएकाले नयाँ ब्रान्ड भित्रिएका हुन् । 

भदौ १० गतेदेखि हुने नाडा अटो शोमा चिनियाँ इलेक्ट्रीक सवारी उत्पादक ब्रान्ड बीवाईडी र दायले सहभागिता जनाउँदै छन् । त्यस्तै अर्को चिनियाँ सवारी उत्पादक कम्पनी फोटोनले समेत आफ्ना सवारीसहित अटो शोमा सहभागी हुने भएको छ ।  

त्यस्तै दुईपांग्रेतर्फ जर्मन सवारी उत्पादक कम्पनी बीएमडब्लूका मोटरसाईकल नाडा अटो शोमा प्रदर्शनीका लागि राखिने छन् । बीएमडब्लूका मोटरसाइकल गत वर्ष नेपाली बजारमा भित्रिएको हो । 

त्यस्तै योमा मा इ, मियामा, सुपर सोको तथा जीपीएक्स सेसिङ ब्रान्डका मोटरसाइकल तथा स्कुटर नाडा अटो शोमा प्रदर्शनी तथा बिक्रीका लागि राखिने छन् । 

नाडा अटो शोमा हरेक वर्ष नयाँ नयाँ ब्रान्ड थपिदै गएका छन् । यस वर्षको अटो शोमा १८ चारपाङ्ग्रे र १९ दुई पाङ्ग्रे सवारी बिक्रेता कम्पनीले भाग लिदैछन् ।


Back_to_top