नयाँ रोयल इन्फिल्ड थन्डरवर्ड एक्स आउने, यी हुन् मुख्य परिवर्तन

रोयल इन्फिल्डलाई अहिले जावाले भारतीय बजारमा कडा टक्कर दिएको छ । यद्यपी जावासँग भेरियन्ट र मोडल दुबै रोयल इन्फिल्डको जति छैन । तर, कम्पनीको बिक्री पछिल्ला महिनामा निरन्तर ओरालो लागेको छ । 

घट्दो बिक्री र प्रतिस्पर्धाको कारण कम्पनीले एकपछि अर्को मोडलमा परिवर्तन सुरु गरेको हो । यस्तोमा भारतीय सडकमा परिक्षणको क्रममा देखिएको थन्डरवर्ड एक्समा मुख्य ५ परिवर्तन गरिएको विभिन्न अटो एजेन्सीहरुले जनाएका छन् । 

१. स्टाइलमा परिवर्तन

आउँदै गरेको थन्डवर्ड एक्समा हेडल्याम्पमा परिवर्तन गरिएको छ भने बडी प्यानल र एग्जस्ट नयाँ डिजाइनको प्रयोग गरिएको छ । यसको अगाडिको डिस्क ब्रेकमा समेत ठूलो परिवर्तन गरिएको छ । यसलाई फरक साइटमा दिइएको छ । बाइकमा दिइएको टेल ल्याम्पमा समेत निकै परिवर्तन गरिएको छ ।

२. हार्डवयर अपडेट

थन्डरवर्ड एक्समा पहिले जस्तै अगाडि टेलिस्कोपिक फर्क र पछाडि टुईन स्प्रिङ सस्पेन्सन सेटअप दिइएको छ । मोटरसाईकलको दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ भने डवल च्यानल एबीएससमेत दिइएको छ ।

३. परिस्कृत इन्जिन

थन्डरवर्ड एक्समा प्रदुषण मापदन्ड बीएस ६ अनुसारको इन्जिन दिइएने छ । यसमा दिइएको इन्जिन पुरानो भन्दा केही पावरफुल हुनेछ । यसमा ४९९ सीसी सिंगल सिलिन्डर एयर कुल्ड, फ्यूल इन्जेक्टेड इन्जिनले २७.५७ पीएस पावर र ४१.३ एनएम टर्क जेनेरेट गर्छ । 

अहिले बिक्री वितरण भइरहेको मोडलमा ३४६ सीसी सिंगल सिलिन्डर, एयर कुल्ड कार्बुरेटर इन्जिन दिइएको छ । जसले २० पीएस पावर र २८ एनएम टर्क जेनेरेट गर्छ । 

४. फ्रेम र च्यासीसमा परिवर्तन

नयाँ थन्डरवर्ड एक्समा नयाँ डबल क्याडली फ्रेम दिइएको छ । जुन अहिलेको मोडलभन्दा केही लामो रहेको छ ।

५. सार्वजनिक हुने मिति

कम्पनीले यसलाई दिल्ली अटो शो २०२० मा भारतीय बजारबाट सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।  


Back_to_top