काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नाडा अटो शोमा दुइ नयाँ मोडल सार्वजनिक गर्ने भएको छ ।कम्पनीले भदौं १० गतेबाट सुरु हुने अटो शोमा एन म्याक्स १५५ स्कुटर र एमटी १५ मोटरसाइकल सार्वजनिक गर्ने हो ।
हरेक वर्षको अटो शोमा युवा पुस्ताको ध्यान खिच्न सफल यामाहाले यस पटकको अटो शोमा कसरी युवालाई आकर्षित गर्छ तयो भने हेर्न बाँकी नै छ ।
एमटी–१५
एमएडब्लू इन्टरप्राइजेजले नेपालमा परिक्षण गरिसकेको यो मोटरसाइकल करिब ४ लाख ४५ हजार रुपैयाँमा सार्वजनिक हुने अनुमान गरिएको छ । यो मोटरसाइकललाई कम्पनीले नाडा अटोमा सार्वजनिक गर्ने भएको छ ।
नयाँ यामाहा एमटी–१५ मा टिपिकल स्ट्रिट बाइक हेडलाइट छ जुन एमटी ०९ बाट प्रभावित रहेको छ र यसमा एउटा थप प्रोजेक्टर हेडलाइटसमेत रहेको छ । यसको डेल्टाबक्स फ्रेम टाढैबाट स्पष्ट रुपमा देखिन्छ । अगाडिको फर्क यामाहा आर–१५ भी–३ कै प्रयोग गरिएको छ ।
एमटी–१५ मा लिक्विड कुल्ड, ४ स्ट्रोक, एसओएचसी, ४ भल्भ, ६ स्पीड ट्रान्समिसनसहित १५५ सीसीको फ्युल इन्जेक्टेड इन्जिन रहेको छ । जसमा भीभीए (भेरिएबल भल्भ एक्चुएसन) सिस्टम छ ।
एमटी–१५ मा सिंगल च्यानल एबीएस रहेको छ । आर–१५ भी–३ कै इन्जिन यसमा राखिएको छ, जसले १० हजार आरपीएममा अधिकतम १९.३ पीएस पावर र ८ हजार ५ सय आरपीएममा अधिकतम १४.७ एनएम टर्क उत्पादन गर्छ ।
डार्क थिमसहित आएको नयाँ डिजिटल कन्सोल, प्रिमियम टायर कम्बिनेसन र प्रभावशाली डिजाइन ल्याङवेज यसका अन्य विशेषता हुन् ।
एन म्याक्स १५५
यामाहाको एनम्याक्स स्कुटर नेपाली बजारमा झन्डै पाँच लाख मूल्यसहित आउने कम्पनीले जनाएको छ । अटो शोमा बिक्री तथा प्रदर्शनी हुने यो मोडलमा सिंगल सिलिन्डर लिक्वीड कुल्ड फोर स्ट्रोक एसओएसी फोर भल्भ इन्जिन लगाइएको छ ।
यसमा उपलब्ध इन्जिनले ८ हजार आरपीएममा १५ पीएस पावरका साथै ६ हजार आरपीएममा १४.४ एनएम टर्क उत्पादन गर्छ । यसको फ्रन्ट र रियरमा डिस्क ब्रेक लगाइएको छ ।
६.६ लिटर फ्युल क्षमताको ट्यांकी लगाइएको यो स्कुटरमा डिजीटल स्पीडोमिटर, डिजिटल टेकोमिटर, डिजिटल ओडोमिटर, ट्रिपमिटरको फिचर समावेश गरिएको छ । यसमा ब्याकबोन चेसिस, फ्रन्टमा टेलिस्कोपिक फर्क दिइएको छ ।
यसको लम्बाइ १९५५ एमएम, चौडाई ७४० एमएम, १११५ एमएम उचाइ रहेको छ भने यसमा १३५ एमएम ग्राउन्ड क्लियरेन्स र १३५० एमएमको ह्वीलवेश रहेको छ । १२७ किलोग्रामको यो स्कुटरमा एलइडी हेडलाइट, एलइडी टेललाइट, बल्ब टर्न सिंग्नल ल्याम्प, ट्युबलेस टायर र अलोय ह्वीलको विशेषता प्रदान गरिएको छ ।
यो स्कुटरको मूख्य बिशेषता भनेको यसको मस्कुलर बडी हो । यसको उच्च पर्फमेन्सले लामो यात्रा गर्नसमेत यो स्कुटर सक्षम रहेको छ ।


