काठमाडौं । यामाहाको आधिकारीक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले १५५ सीसीको नयाँ स्कुटर एनम्याक्स नेपाली बजारमा ल्याउने भएको छ ।
यस उपलब्ध १५५ सीसी लिक्वीड कुल्ड, फ्युल इन्जेक्टेड इन्जिन लगाइएको छ । यो इन्जिनले १५.०९ पीएस र १४.४ एनएम टर्क पावर उत्पादन गर्छ ।
यामाहा एक्सम्याक्समा स्मार्ट–कीको विशेषता पाउन सकिन्छ । स्कुटरको फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा ट्वीन ग्यास चार्ज्ड सक दिइएको छ ।
नेपाली बजार एनम्याक्स स्कुटरको मूल्य केही दिन पछाडि सार्वजनिक हुने कम्पनी स्रोतले जनाएको छ ।
भदौ १० गते बाट सुरु हुने नाडा अटो शोमा बिक्री तथा प्रदर्शनी हुने यो मोडलमा ६.६ लिटर फ्युल क्षमताको ट्यांकी लगाइएको यो स्कुटरमा डिजिटल स्पीडोमिटर, डिजिटल टेकोमिटर जस्ता विशेषता दिइएको छ ।
यसको लम्बाई १९५५ एमएम, चौडाई ७४० एमएम, १११५ एमएम उचाइ रहेको छ भने यसमा १३५ एमएम ग्राउन्ड क्लियरेन्स र १३५० एमएमको ह्वीलवेश रहेको छ ।
१२७ किलोग्रामको यो स्कुटरमा एलइडी हेडलाइट, एलइडी टेललाइट, बल्ब टर्न सिंग्नल ल्याम्प, ट्युबलेस टायर र अलोय ह्वीलको विशेषता प्रदान गरिएको छ ।


