बजाजले भारतीय बजारमा पल्सर १२५ सेप्टेम्बर पहिलो हप्ता सार्वजनिक गर्ने जनाएको छ । यसै क्रममा यो मोटरसाइकल बजाजको भारतीय सोरुममा पुगेको छ ।
भारतिय अटो बजार यतिबेला निकै कमजोर भइरहेको बेला समेत बजाज पल्सर सिरिजले आफ्नो साख बचाइरहेको छ । यस्तैमा बजाज पल्सर १२५ ले भारतीय बजारमा यसले पल्सर सिरिजलाई अझै बलियो हुने कम्पनीले बिश्वास लिएको छ ।
यो मोटरसाइकलमा १२५ सीसी एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन रहेको छ । पल्सर १५० मा आधारित यो मोटरसाइकल अन्य मोटरसाइकलभन्दा सस्तो मूल्य ६५ हजार भारतीय रुपैयाँ (एक्स सोरुम) तोकिएको छ । यसमा उपलब्ध एयरकुल्ड डिटीएसआई इन्जिनले १३.५ बीएच पावरका साथै १२ एनएम टर्क उत्पादन गर्छ । उक्त मोटरसाइकलले हिरो ग्ल्यामर र होन्डा सीबी साइनसंग सिधा प्रतिस्पर्धा गर्ने छ ।
बजाज पल्सर १२५ नेपाली बजारमा आउन सक्ने अनुमान गरिएको छ ।

