उपत्यकामा सडक बनाउने १६ ठेकेदार कम्पनीलाई कालोसूचिमा राख्ने तयारी

काठमाडौं। राजधानीका सडक निर्माणको ठेक्का लिएर अलपत्र छाड्ने १६ ठेकेदार कम्पनीलाई काठमाडौं सडक डिभिजन कार्यालयले सात दिने स्पष्टीकरण सोधेको छ।

सडक निर्माणको काम अलपत्र छाडेको भन्दै ति निर्माण कम्पनीलाई किन र के कारणले काम नभएको हो भनि ७ दिन भित्र त्यसको जवाफ दिन पत्र काटिएको छ । 

डिभिजन कार्यालयसँग सम्झौता गरेका ती कम्पनीसँगको ठेक्का किन नतोड्ने? भनेर सोधिएको छ । ठेक्का नतोड्नू पर्ने कुनै मनासिव कारण भएमा त्यसको जबाफ सात दिनभित्र पेस गर्न कार्यालयले निर्देशन दिएको छ। 

यदि त्यसको उचित जवाफ र वर्किङ सेड्युलु सहित नआउने ठेकेदारसँग ठेक्का रद्द गर्ने तयारी विभागले गरेको छ । 

उचित कारणसहित स्पष्टीकरण नआए यस्ता कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गर्ने कार्यालयले जनाएको छ।

कार्यालयले सम्बन्धित ठेक्का बापत राखिएका सम्पुर्ण जमानत जफत गर्नुका साथै सम्झौता बमोजिमको वाँकी रहेको कार्य पूरा गर्न जे जति रकम आवश्यक पर्दछ त्यो रकम सरकारी बाँकी सरह असूल गर्ने पनि उल्लेख गरेको छ। 


Back_to_top