काठमाडौं । केही दिन अघिबाट बुकिङ खुलला भएको बजाज पल्सर एनएस २०० एबीएस मोडल बजाजका देशभर रहेका शोरुममा पुगेको छ । बजाजको आधिकारीक वितरक हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नयाँ पल्सर एनएस २०० एबीएस ल्याएको छ ।
एबीएस युक्त दुई पाङग्रे सवारी साधन सडक सुरक्षाका लागि निकै महत्वपूर्ण रहेको छ । एबीएस प्रयोग भएका चक्का लक हुनबाट जोगाउनुका साथै जोखिमपूर्ण सडकमा चालकलाई सवारी नियन्त्रण गर्दछ ।
एबीएस सहितको पल्सर एनएस २०० को शुरुवाति मूल्य ३ लाख ३४ हजार ९०० रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार बजाजको देशभर रहेको बजाजको सबै आधिकारिक शोरुमहरुमा यो मोटरसाइकल उपलब्ध रहेको छ ।


