नेपालमा पहिलो पटक बीएमडब्ल्यु चालकलाई अफरोड ट्रेनिङ्ग

काठमाडौं । पहिलो पटक बीएमडब्ल्यु मोटरार्ड जीएस सर्टिफाइड अफरोड ट्रेनिङ्ग सम्पन्न भएको छ । बीएमडब्ल्यु मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक टर्क मोटरको समन्वयमा उक्त अफरोड ट्रेनिङ्ग ललितपुरको लुभु डाँडामा सम्पन्न भएको होे । 

उक्त ट्रेनिङ्ग कायक्रममा १८ जना बीएमडब्ल्यु जीएस राइडरहरुले सहभागीता जनाएका थिए । उनिहरुको उमेर २२ देखि ५० वर्षभन्दा बढी रहेको आयोजकले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

कायक्रममा चालकलाई राइड पोजिसन, ह्यान्डलिङ, स्ट्यान्डिङ, राइडिङ, अपहिल राइडिङ, डाउनहिल राइडिङ, इमर्जेन्सी स्टप, इमर्जेन्सी ब्रेकिङ जस्ता सुरक्षीत ड्राइभिङको बारेमा ज्ञान दिइएको थियो । 

नक्साल नारायणचौर स्थित बीएमडब्ल्युको शोरुममा भेला भएर राइडरहरु सिस्टमेटिक गु्रप राइडगरि हात्तिसार, कृष्ण पाउरोटी, घण्टाघर, भद्रकाली, शहिद गेट, त्रिपुरेश्र, थापाथली, कुपोन्डोल, पुलचोक, मंगलबजार, ग्वार्को, इमाडोल, सिद्विपुर हुँदै लुभुको डाँडामा पुगेर ट्रेनिङ्ग कार्यक्रममा सहभागि भएका थिए । 

सहभागिहरुलाई बीएमडब्ल्यु मोटराड जीएस इन्टरनेशनल ट्रेनर अजित भारद्धजले ट्रेनिङ्ग दिएको टर्क मोटरका सिनियर हेड अफ सेल्स एण्ड मार्केटिङ्ग दिपेश श्रेष्ठले जानकारी दिए । 


Back_to_top