काठमाडौं । नविल बैंक र काठमाडौं महानगरपालिकाबीच महानगर क्षेत्र भित्रका नयाँ सडक गेट अगाडि पूर्व तर्फको र राष्ट्रिय सभागृह गेट अगाडि पश्चिम तर्फको सडकका ट्राफिक आइल्याण्डहरुमा एरोपोनिक प्रणालीबाट पूmलका १२ वटा स्तम्भहरु निर्माण गर्ने सम्झौंता भएकँे छ ।
आधुनिक प्रविधिको एरोपोनिक प्रणालीबाट फूलको स्तम्भहरुमा नियमित पानी प्रवाहित गरी बर्षैभरी पूmल पूmलाई हरियाली युक्त रमणीय बनाउन काठमाडौं महानगरपालिका तथा नविल बैंकले सहकार्य गर्ने जनाइएको छ ।
काठमाडौं महानगरपालिका मेयर बिद्यासुन्दर शाक्यले नबिल बैंकसगको यस सम्झौताले काठमाडौंको सुन्दरता बढाउने भएकोले आफु धेरै उत्साहित भएको बताए ।
उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले यस सहकार्यले नविल बैंकले अवलम्वन गर्दै आएको हरितकरण प्रयासलाई टेवा पूर्याई काठमाडौं महानगरपालिकामा रहेका सडकका ट्राफिक आइल्याण्डहरुमा सौन्दर्य वृद्धिगरी सहरको वातावरण समेतलाई सपार्ने विश्वास व्यक्त गरे ।

