बनेपामा खुल्याे टाटा मोटर्सकाे नयाँ शोरूम

टाटा मोटर्सले काभ्रे जिल्लास्थित बनेपामा आफ्नो नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यही महिनादेखि सेवा पुर्‍याउने योजनासहित बनेपामा आफ्नो नयाँ शोरूम आउटलेट विस्तार गरेको हो । बनेपामा सञ्चालित नयाँ शोरूमकाे संचालककाे रूपमा  लक्ष्मी अटो रहेको छ । बनेपामा टाटाकाे यो पहिलो शोरूम हो । यो सँगै नेपालभर टाटा मोटर्सको १९ वटा शोरूम भएको छ ।

‘लक्ष्मी अटो ग्रुपसँग सहकार्य गर्न पाउँदा हामी निकै खुशी छौं । बनेपामा टाटा मोटर्स सिप्रदी को यो पहिलो शोरूम हो । यसले हाम्रो ग्राहक केन्द्रित दृष्टिकोण र उनीहरूसँग नजिकी सम्बन्ध विस्तार गर्न मद्दत मिल्नेमा हामी सकारात्मक छौं ।’ नयाँ शोरूम सञ्चालन पछि सिप्रदी ट्रेडिङका प्यासेन्जर भेइकल बिजनेस युनिट प्रमुख शावन्त जंग सिजापतीले भनेका छन् । ‘हामीले अहिले मासिक रूपमा बिक्रीमा वृद्धि भएको देखिरहेका छौं । यो नयाँ डिलरशीप र सम्झौता कम्पनीको बिक्री, सेवा र ग्राहक सन्तुष्टि क्षेत्रमा नयाँ कोशेढुङ्गा सावित हुनेमा हामी विश्वस्त छौं । बनेपा हाम्रोलागि प्रमुख बजार मात्र नभई यो हाम्रो विकास रणनितीको प्रमुख हिस्सा पनि हो’ उनले थपे ।

अब बनेपामा रहेको आउटलेटबाट ग्राहक एवम् उपभोक्ताहरूले टाटा मोटर्सका साना गाडी सम्बन्धि परामर्श, खरिद तथा एक्सचेन्ज सर्भिस जस्ता सुविधा लिन सक्नेछन् । उपभोक्ताहरूले यहाँबाट दक्ष प्राविधिकहरू मार्फत गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै गाडीको जेन्युन पार्टपुर्जाहरू पनि सहजै पाउने कम्पनीको भनाइ रहेको छ ।

बनेपाको नयाँ आउटलेटबाट बनेपालगायत वरिपरिका उपभोक्ताहरू लाभान्वित हुनेमा कम्पनी विश्वस्त छ । यसभन्दा अघि टाटा मोटर्सले काठमाडौं, चितवन, नवलपुर, कास्की, रुपन्देही, सिराहा, धनुषा, पर्सा, सर्लाही, झापा, सुन्सरी, दाङ, कैलाली, बाँके, मोरङ र मकवानपुरको विभिन्न ठाउँमा रहेको आउटलेटबाट ग्राहकहरूलाई निरन्तर सेवा पुर्‍याइरहेको छ ।


Back_to_top