सवारीसाधन बिग्रीए ७ दिन बनाउन नपाइने (सूचनासहित)

काठमाडौं । कोरोना भाइरसको कारण सरकारले अत्यावस्यक सेवा बाहेकका अन्य सेवा बन्द गरेर आ–आफ्नो स्वास्थ्यमा ध्यान दिन गरेको आग्रहलाई मनन गर्दै नेपाल अटो मेकानिक्स व्यवसायी संघले आफ्ना सदस्यहरुलाई भोलिदेखि ७ दिनसम्म सम्पूर्ण वर्कसप बन्द गर्न सूचना गारी गरेको छ ।

संघले आज एक विज्ञप्ती प्रकाशन गर्दै सम्पूर्ण ग्यारेजहरु चैत १० गतेबाट ७ दिनसम्म बन्द गर्न भनेको छ । साथै, संघले अत्यावस्यक सेवा प्रदान गर्ने सवारीसाधनको हकमा भने आवस्यक सजगता अपनाएर सेवा दिन भनेको छ ।

एम्बुलेन्स, अस्पताल र सुरक्षा निकायका सवारीसाधन मर्मत गर्नुपरे मास्क लगाउने, पञ्जा लगाएर काम गर्ने र काम सकिएपछि सावुन पानीले राम्रोसँग हात सफा गर्ने र अल्कोहल बेस्ड सोलुसनको प्रयोग गर्न आफ्ना सम्पूर्ण सदस्यहरुमा आग्रह गरेको छ ।


Back_to_top