बुद्ध एयरले घटायो हवाइ भाडा, अब कहाँ जान कति शुल्क ?

काठमाडौं । चौतर्फी विरोध सुरु भएसँगै बुद्ध एयरले भाडा घटाएको छ । हिजो संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले वायूसेवा संचालकहरुसँग अहिलेको अवस्थामा नागरिकलाई राहत हुनेगरि भाडा दर कायम गर्न आग्रह गरेका थिए । यसपछि बुद्धले नयाँ भाडादर निकालेको हो ।

भोलि सोमबारबाट लामोदुरीमा चल्ने सवारीसाधन बन्द हुने भएकाले यात्रा गर्नु पर्ने मानिसको लागि हवाई यात्रा मात्र विकल्पको रुपमा रहेकाले प्राय सबै कम्पनीले नयाँ भाडादर ल्याउने वायूसेवा संचालक संघले जनाएको छ ।

बुद्ध एयरले काठमाडौं-विराटनगरको नयाँ भाडादर ५५०० रुपैयाँ तोकेको छ । त्यसैगरी काठमाडौं-भैरहवा ४९००, काठमाडौं-नेपालगञ्ज ६३००, काठमाडौं-भद्रपुर ६२००, काठमाडौं-धनगढी ७९००, काठमाडौं-पोखरा ३७०० र काठमाडौं-राजविराज ४२०० रुपैयाँ तोकेको छ ।

कम्पनीले सबैभन्दा धेरै भाडा रहेको काठमाडौं-धनगढीमा करिब ५० प्रतिशतले मूल्य घटाएको हो ।


Back_to_top