महिन्द्रा मराजो एमपीभी बजारमा आएको पहिलो ४५ दिनमा नै १० हजार यूनिट बुकिङ भएको छ । जसले कम्पनीलाई निकै उत्साहित बनाएको महिन्द्राले जनाएको छ ।
महिन्द्रा मराजो पहिलो गाडी हो जसलाई बनाउन भारतको चेन्नाईमा रहेको टेक्नीकल सेन्टर र अमेरिकामा रहेको सेन्टरको संयूक्त प्रयासमा डिजाइन गरेर तयार गरिएको छ ।
चार भेरिएन्टमा बजारमा उपलब्ध यो एमपीभी भारतीय बजारमा गत सेप्टेम्बरबाट विक्री वितरण हुँदै आईरहेको छ ।
टप भेरिएन्टमा १७ इन्चसम्मको अलोय ह्वील दिइएको यो गाडीमा एबीएस, इबिडी, डियुल एयरब्याग, पावर विन्डो, सेन्ट्रल लकिङ सिस्टम, रियर एसीजस्ता फिचर रहेका छन् ।
डेटाईम रनिङ लाईट, क्रुज कन्ट्रोल, एन्ड्रोइड अटो, रियर क्यामेराले कारलाई थप सुविधा सम्पन्न बनाएको छ ।
१.५ लिटर क्षमताको डिजेल इन्जिन दिइएको यो एमपीले १२३ एचपी पावर उत्पादन गर्छ । ६ स्पीड म्यानुयल ट्रान्समिसनमा उपलब्ध हुने यो एमपीभी नेपाली बजारमा जनवरीमा सार्वजनिक गर्ने महिन्द्रा सम्बद्ध स्रोतले जनाएको छ ।


