टाटा मोटर्सले आफ्नो बहुप्रतिक्षित ह्यारीयरको प्रि–बुकिङ सुरु गरिसकेको छ । कम्पनीले उक्त नयाँ कार जनवरीमा बजारमा ल्याउने अनुमान गरिएको छ । ह्यारीयरको बुकिङ खुल्ला भएसँगै बजारमा जीप कम्पाससँग यसको सिधा टक्कर हुने अनुमान सुरु भएको छ ।
भारतीय मिडियाले त ह्यारीयरको आगमन जीपको लागि नराम्रो सपना हुनसक्ने आँकलन गर्न थालेका छन् ।
बजारमा जीप कम्पाससँग ह्यारीयरको तुलना हुने पाँच आधार रहेको बहस सुरु भएको छ ।
महिन्द्राले एक्सयूभी ५०० फेसलिफ्ट बजारमा ल्याएसँगै जीप कम्पासको बिक्रीमा निकै गिरावट आएको छ । त्यससँगै टाटाको ह्यारीयर बजारमा आएपछि जीपको बिक्री गर्ने लक्ष्यमा निकै ठूलो असर पर्ने अनुमान लगाउन सकिन्छ ।
१. मूल्यः मूल्यका हिसाबले टाटा ह्यारीयर जीप कम्पासको तुलनामा सस्तो हुने अनुमान गरिएको छ । बिभिन्न रिपोर्टका अनुसार ह्यारीयरको सुरुवाति मूल्य १६ लाख भारतीय रुपैयाँ रहने छ भने, त्यही जीप कम्पासको सुरुवाति मूल्य १८ लाख ५० हजार भारतीय रुपैयाँ रहेको छ ।
२. धेरै स्थानः विशेष गरेर मानिसहरु प्रयाप्त स्थान भएको कार चढ्न रुचाउँछन् । त्यस्तोमा कम्पासको तुलनामा ह्यारीयरमा धेरै स्पेश रहेको छ । ह्यारीयरको लम्बाई ४५७५ एमएम, चौडाई १९६० एमएम र हाईट १६८६ एमएम रहेको छ भने कम्पासको लम्बाई ४३९५, चौडाई १८१८ एमएम र उचाई १६४० एमएम रहेको छ । स्पेशको हिसाबले ह्यारीयर जीपकम्पासको तुलनामा निकै ठूलो रहेको छ ।
३. फरक डिजाइनः जीप कम्पास निकै उत्कृष्ट आइकनिक लुक्समा रहेको भएपनि यो निकै पुरानो डिजाइन भइसकेको छ । तर, टाटा ह्यारीयर र्याडिकल लुक्समा आएको छ जुन निकै स्टाइलिस र बजारको लागि नयाँ हुनेछ । त्यसलाई ह्यारीयरको पछिल्लो तस्बिरले देखाएको छ ।
४. एउटै इन्जिनः टाटाले ह्यारीयरमा प्रयोग हुने र जीप कम्पासमा रहेको २.० लिटर मल्टिजेट इन्जिन फियाटले उत्पादन गरेको हो । तर, आधिकारीकरुपमा टाटाले जानकारी नदिएपनि जीप कम्पासको तुलनामा ह्यारीयले बढी माइलेज दिने अनुमान गरिएको छ ।
५. फिचरः ह्यारीयर जीप कम्पासको तुलनामा निकै धेरै फिचरका साथ बजारमा आउने अनुमान गरिएको छ । ह्यारीयरमा क्रुज कन्ट्रोल, सनरुफ, लेदर सीट, अटोमेटिक ट्रान्समिसनजस्ता फिचरहरु रहने छन् ।

