ठूला पूर्वाधार निर्माणमा आफुलाई अब्बल प्रमाणित गरिरहेको चीनले विश्वकै सबैभन्दा लामो समुद्री पुल निर्माण गरेको छ । गत बिहीबारदेखि संचालनमा आएको उक्त पुलमा अब सवारीसाधन गुड्न थालेका छन् ।
५५ मिटर लामो यो पुलले हङकङ–जुहाइ–मकाउ जोड्ने चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ । चीनको पर्ल नदिमाथी एक्सचुरीको लिङदिंग्याङ जल क्षेत्रमा बनेको पुल हालसम्मकै लामो पुल भएको बताइएको छ ।

सन् २००९ बाट निर्माण सुरु भएको यो पुल निर्माण ६.५ बिलियन डलर खर्च लागेको जनाइएको छ । यो पुल संचालनमा आएसँगै हङकङदेखि जुहाइसम्मको यात्रा ३० मिनेटमा गर्न सकिने भएको छ । यसअघि यो क्षेत्रमा यात्रागर्न तीन घन्टा लाग्ने गरेको थियो । यो पुलको प्रयोग वार्षिक २ करोड सवारीसाधनले प्रयोग गर्ने अनुमान गरिएको छ ।





