यातायात कार्यालयका सेवा सुधार्न ११ बुँदे निर्देशन

काठमाडौं । मधेश प्रदेश सरकारले यातायात व्यवस्था कार्यालयहरूको सेवामा सुधार ल्याउन ११ बुँदे निर्देशन दिएको छ ।

प्रदेशको श्रम तथा यातायात मन्त्रालयले आफू मातहतका सबै यातायात कार्यालयहरूलाई पत्रचार गर्दै यस्तो निर्देशन दिएको हो ।

मन्त्रालयले सबै कार्यालयहरूमा सेवाग्राहीको सुविधाका लागि विभिन्न व्यवस्था गर्न भनेको छ ।

मन्त्रालयले सबै कार्यालयहरूमा हेल्प डेस्क र नागरिक वडापत्र अनिवार्य राख्न, टोकन सिस्टम लागू गरी सेवाग्राहीहरूको लाइन व्यवस्थापन गर्न, गुनासो तथा सुझाव संकलनको लागि गुनासो पेटिका वा फेसबुक पेजमार्फत दिने व्यवस्था मिलाई तत्काल समस्या सामाधान गर्न, फेसबुक पेज÷वेबसाइट, सूचना पाटी वा डिप्ले बोर्डमा सूचना अधिकारीको नाम थर, पद र मोबाईल नं। सार्वजनिक गर्न, पिउने पानीको व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

त्यस्तै, प्रत्येक सेवाको समय सिमा निर्धारण गरि ढिलारसुस्ति गर्ने कर्मचारीलाई कानून बमोजिम कारबाही गर्न, नागरिक सन्तुष्टिरअसन्तुष्टि सर्वेक्षण फारम तयार गरि सूचना संकलन गर्न, श्र प्रहरीसँगको समन्वयमा विचौलिया नियन्त्रणको रूपमा घोषणा गरि सेवाग्राही मैत्री वातावरण निर्माण गर्न, दैनिक कार्यालयको सरसफाई विशेषगरी (शौचालय र कार्यालय) परिसरमा फोकस गर्न, सेवाग्राही तथा कर्मचारीहरूको लागि पार्किङको व्यवस्थापन मिलाउन र प्रत्येक कोठामा नम्बर तोकी सो नम्बरको कोठाबाट कुन–कुन कार्य हुने हो ? स्पष्ट रूपमा इनामेल पेन्टले लेखी सेवाग्राहीले देख्ने गरी राख्न निर्देशन दिएको हो ।

यसले यातायायात कार्यालयको सेवा सहज, छिटो, छरितो भई सेवाग्राहीले सविधा पाउने विश्वास गरिएको छ ।

Screenshot


Back_to_top