काठमाडौं । सरकारले आर्थिक बर्ष २०७५/०७६को बजेटबाट सवारीसाधनमा बढाएको अन्तःशुल्क र सडक दस्तुरले साना सवारीसाधन समेत केहि महंगो हुने भएका छन् । १००० सीसीभन्दा कम क्षमताको इन्जिन दिइएको कारमा अन्तःशुल्क लगाइएको छैन भने १००० देखी १५०० सीसीसम्मका सवारी साधनमा ५ प्रतिशत अन्तःशुल्क बढाएको छ ।
१२ सय सीसी क्षमताका कारको सेग्मेन्टमा मुख्य प्रतिस्पर्धा हुन्डाई ग्रान्ड आई १०, मारुती स्विफ्ट, भग्सवागन पोलो, टाटा टियागो र फोर्डको फिगोबीच भइरहेको छ ।
यसरी मूल्य बढ्ने निश्चित भएपनि कम्पनीहरुले मूल्यसूचि भने प्रकाशन गरेका छैनन् । समान्यतया अहिलेको तुलना १ लाख रुपैयाँदेखि १ लाख ५० हजारको हाराहारीमा मूल्य वृद्धि हुने ब्यवसायीहरु बताउँछन् ।
यहि महिनाबाट भारतीय बजारमा कार उत्पादकहरुले मूल्यमा करिब २ प्रतिशत वृद्धि गर्दैछन् । यसको असर नेपाली बजारमा पनि पर्नेछ ।
यो पनि पढ्नुस्ः यति बढ्ने भयो सर्वाधिक बिक्ने यी ५ बाइकको मूल्य
नेपाली बजारमा सर्वाधिक बिक्रीहुने ५ कारको विशेष फिचरसहितको रिपोर्ट यस्तो छ । १२ सय सीसी क्षमताका कारको सेग्मेन्टमा मुख्य प्रतिस्पर्धा हुन्डाई ग्रान्ड आई १०, मारुती स्विफ्ट, भग्सवागन पोलो, टाटा टियागो र फोर्डको फिगोबीच भइरहेको छ ।
हुन्डाई ग्रान्ड आई १०
नेपाली बजारमा हुन्डाईका कारहरु सर्वाधिक रुचाइने कारहरुमा पर्छ । मध्यम बर्गको रोजाइमा यी कारहरुको पर्नुको पछाडिको पहिलो कारण हुन्डाइका कारमा भएको रिसेल भ्यालु हो । हुण्डाईको सर्वाधिक बिक्री भएको कारमा पर्ने आई १० अहिले ग्राण्ड आई १० को रुपमा बजारमा उपलब्ध रहेको छ ।
हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले यो गाडीको नेपाली बजारमा आधिकारीक बिक्री वितरण गर्दै आइरहेको छ । इन्ट्री लेभलका अन्य ब्रान्डबाट अपग्रेड हुने उत्तम बिकल्प रहेको यो कार प्रिमियम गाडीको जस्तो डिजाइन, इन्टेरियर, पावर र फिचर्सहरुले भरिपूर्ण रहेको छ ।
यसको पुरानो मूल्य अनुसार नेपाली बजारमा २६ लाख ९६ हजार रुपैयाँ छ भने, यसको टप भेरियन्टको मूल्य ३४ लाख ५६ हजार रुपैयाँ रहेको छ ।
१.२ लिटर सेग्मेन्टको पेट्रोल इञ्जिन रहेको यो कारले ८३ पीएस पावर दिने यो कार ५ स्पीड मेनुअल र ४ स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध रहेको छ । यो कारले भ्यालीमा १४ किलोमिटर र हाइवेमा १९ किलोमिटर प्रतिलिटरको माइलेज दिन्छ ।
यो पनि पढ्नुस्ः यी कार जसको अन्तःशुल्क बढेपनि मूल्य बढ्दैन
सिल्क सिल्भर, ट्वीलाइट ब्लु, स्टार डस्ट, प्योर ह्वाइट र गोल्डेन अरेन्ज कलर भेरिएन्टमा उपलब्ध रहेको छ । एप्पल कारप्ले, गूगल एन्ड्रोइड अटो, स्मार्टफोन नेभिगेशन, भ्वाइस रिकग्निशन र मिरर लिंक कनेक्टीभिटी सपोर्ट गर्ने ७ इञ्चको टचस्क्रीन इनफोटेन्मेट सिस्टम जस्ता फिचरले कारलाई उत्कृष्ट बनाएको छ ।
यसको पुरानो मूल्य अनुसार नेपाली बजारमा २६ लाख ९६ हजार रुपैयाँ छ भने, यसको टप भेरियन्टको मूल्य ३४ लाख ५६ हजार रुपैयाँ रहेको छ ।
मारुति सुजुकी स्विफ्ट
सन् २००५ मा पहिलो पटक नेपाली बजारमा आएको यो कार १२ बर्षको समयमा विश्वभरी १७ लाखभन्दा बढि बिक्री भईसकेको कार हो । सन् २०१२ मा सेकेन्ड जेनरेशन मोडल फेसलिफ्ट र नयाँ केटुएल्भ इन्जिनसहित लञ्च भएको थियो ।
सन् २०१७को अन्त्यसम्म नेपाली बजारमा बिक्री वितरण भइरहेको सुजुकी स्विफ्टको पुरानो मोडल आउन बन्द भएको छ । यहि महिनाको अन्यमा सार्वजनिक हुन लागेको स्विफ्ट थर्ड जेनरेशन १२०० सीसी केसीरीज भीभीटी पेट्रोल इन्जिनमा आउने छछ । यो कारले ६००० आरपीएममा ८२ बीएचपी पावर तथा ४२०० आरपीएममा ११३ एनएमको टर्क उत्पादन गर्छ ।
सुरुवाति मुल्य भने ३० लाख हाराहारीमा जानकारी मारुती सुजुकीको आधिकारीक वितरक सिजी मोटोकर्पले दिएको छ ।
यसमा एप्पल कार प्ले तथा एनड्रोइड अटो दुबै सपोर्ट गर्ने टर्चस्क्रीन इन्फोटेन्डमेन्ट सिस्टम दिइएको छ । नयाँ डिजाइनको डियुलटोन कलरमा ड्यास बोर्ड र स्टेरिङ्ग ह्वील सज्जाइएको छ । ग्लसी तथा म्याट मेटीरीयलको कम्बीनेसनले कारको भित्री डीजाईनलाई उत्कृष्ट लुक्स दिएको छ ।
थर्ड जेनरेसन सिग्नेचर डिजाइन रहेको यो कारको लागि नयाँ ‘हार्टटेक’ च्यासीस प्ल्याटफर्ममा बनाइएको छ । यो निकै लाईट वेट तर बलियो प्रकारको हुन्छ, जसले कारलाई हलुका तथा थप बलियो क्र्यास सेफ्टी बनाउने काम गर्छ । सुरुमा नेपाली बजारमा दुई भेरीयण्ट ‘भी यक्स आई’ र ‘जेड यक्स आई’मा उपलब्ध हुने छ ।
यो पनि पढ्नुस्ः कति सीसीको कारको मूल्य कति बढ्छ, सूचिसहित
कम्पनीले नेपाली बजारमा यो कारको प्रिबुकिङ्ग सुरु गरेको छ । यो कारको मूल्य तय भइसकेको छैन । यद्यपी सुरुवाति मुल्य भने ३० लाख हाराहारीमा जानकारी मारुती सुजुकीको आधिकारीक वितरक सिजी मोटोकर्पले दिएको छ ।
टाटा टियागो
टाटाका कार नेपाली बजारमा सिप्रद्धी ट्रेडिङले गर्दै आएको छ । टाटा मोटर्सले ल्याएको पछिल्लो उत्कृष्ट कार मध्येमा परेको यो कार १२ सय सिसीको ह्याचब्याक कार हो । मल्टि ड्राइभ मोड, हर्मन इन्फोटेनमेन्ट सिस्टम लगायतका विभिन्न सुविधा दिइएको यो कार डिजेल र पेट्रोल भर्सनमा उपलब्ध रहेको छ । पेट्रोलमा १.२ लिटरको रिभोट्रोन इन्जिन र डिजेल भर्सनमा १.०५ लिटरको ३ सिलिन्डर रिभोट्रोन इन्जिन रहेको छ ।
टाटाले पहिलो पटक नयाँ पुस्ताको जेन–नेक्स्ट इम्प्याक्ट डिजाइन थिममा आधारित रहेर यसको इन्टेरियर डिजाइन गरेको छ । यसमा मल्टिपल इन्फर्मेसन डिस्प्ले, डिजिटल क्लक, ड्युअल ट्रिप मिटर, इन्स्टेनियस फ्युल कन्जम्प्सन, एभरेज फ्युल कन्जम्प्सन र डिस्ट्यान्स टु एम्प्टिी जस्ता फिचर्स रहेका छन् ।
यसको मूल्य २३ लाख ९५ हजारदेखि सुरु हुन्छ भने, यसको टप भेरियन्टको मूल्य २९ लाख ९५ हजार रुपैयाँ रहेको छ ।
सुरक्षाको लागि ड्राइभर तथा फ्रन्ट प्यासेन्जर एयरब्याग, सेन्ट्रल लकिङ, स्पिड सेन्सिङ अटो डोर लक, कच लक, इनसाइड रियर भ्यु मिरर र इम्मोबिलाइजर जस्ता फिचर उपलब्ध छन् ।
हर्मन प्रविधिको इन्फोटेनमेन्ट सिस्टम दिइएको यस कारमा लक्जरी ब्रान्डमा उपलब्ध हुने ८ स्पिकर म्युजिक सिस्टम रहेको छ ।
यो पनि पढ्नुस्ः मोटरसाइकलमा लगाइएको सडक कर मजाक होइन अर्थमन्त्री ज्यू ?
यसको ह्विलबेस २४०० एमएम र ग्राउन्ड क्लियरेन्स १७० एमएम रहेको छ । तीनवटा डाइनामिक भेरिएन्टहरु एक्सई, एक्सएम र एक्सजेडमा यो कार उपलब्ध छ । त्यसैगरी यो कार स्ट्राइकर ब्लु, बेरी रेड, सनबस्ट अरेन्ज, एक्सप्रेसो ब्राउन, पर्लसेन्ट ह्वाइट र प्लाटिन सिल्भर गरी ६ वटा आकर्षक कलरमा उपलब्ध छ । यसको मूल्य २३ लाख ९५ हजारदेखि सुरु हुन्छ भने, यसको टप भेरियन्टको मूल्य २९ लाख ९५ हजार रुपैयाँ रहेको छ ।
फोर्ड फिगो
फोर्डको इन्ट्रिलेवलको रपमा परिचय बनाएको यो कार नेपाल बजारमा राम्रैसँग मन पराइएको कार हो । गोल्छा अर्गनाइजेशन अन्र्तगतको जीओ फोर्डले नेपाली बजारमा बिक्री गरिरहेको यो कारमा डियुल एयरब्याग दिइएको यो कारमा स्मार्ट प्रविधिअन्तर्गत एमपीथ्री, स्याटेलाइट नेभिगेसन प्रणालीसमेत जडान गरिएको छ ।
सुरुवाति मूल्य २६ लाख ९९ हजार रहेको छ भने, यसको टप भेरियन्टको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
२४९१ एमएम ह्वीलवेस रहेको यो कारको ग्राउन्ड क्लेयरेन्स १७४ एमएम रहेको छ । १.२ एलटीआई भीसीटी पेट्रोल इन्जिनको साथै १.५ एलटीडीसीआई डिजल र १.५ एलटीआई भीसीटी पेट्रोलगरी तीन भेरियन्टमा उपलब्ध यो कारको सुरुवाति मूल्य २६ लाख ९९ हजार रहेको छ भने, यसको टप भेरियन्टको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
फक्सवागेन पोलो
जर्मनी कार निर्माता कम्पनी फक्सवागेनको पोलो नेपाली बजारमा निकै रुचाइएको कार हो । यो कार नेपाली बजारमा पुजा इन्टरनेशनलले बिक्री वितरण गर्दै आइरहेको छ । यस ह्याचब्याक कार विभिन्न ५ भेरिएन्टमा नेपाली बजारमा बिक्री वितरण हुँदै आएको छ ।
इञ्जिन क्षमताअनुसार यो कारको मूल्य ३७ लाख ४५ हजार रुपैयाँदेखि सुरुहुन्छ, भने अटोमेटिक फुल अप्सनमा ४२ लाख ९५ हजारसम्म रहेको छ ।
युरोपियन ब्रान्डका सस्ता कारको खोजीमा हुनेलाई यो उत्कृष्ट रोजाई हुनसक्छ । पोलो पेट्रोल इञ्जिन कार हो ।
नेपाली बजारमा पोलो १२ सय सीसीदेखि १६ सय सीसीसम्म उपलब्ध रहेको छ । विभिन्न ६ कलर भेरिएन्टमा उपलब्ध पोलो आकर्षक डिजाइनको र फाइन फिनिसिङको लागि चर्चित रहेको छ । इञ्जिन क्षमताअनुसार यो कारको मूल्य ३७ लाख ४५ हजार रुपैयाँदेखि सुरुहुन्छ, भने अटोमेटिक फुल अप्सनमा ४२ लाख ९५ हजारसम्म रहेको छ ।