काठमाडौं । गर्मीको मौसममा कारलाई भित्रबाट कूल राख्न कुनै चिसो ठाउँमा राख्नु जरुरी छ । तर, यसको लागि उपयुक्त पार्किङ स्थल खोज्न गाह्रो हुन्छ । यस्तो अवस्थामा, लानमोडो कम्पनीले एक यस्तो टेन्ट तयार गरेको छ, जसले पुरै कार कभर गरेर घामबाट बचाउँछ ।
यसलाई कारको छाता पनि भनिन्छ । यो संसारको पहिलो अटोमेटिक टेन्ट हो जसको एक बटन थिच्ना साथ पुरै कारलाई कभर गर्छ ।
अटोमेटिक कार टेन्ट
यो एक अटोमेटिक टेन्ट हो, जसले वायरलेस कनेक्टिभिटीमा काम गर्छ यानी की एक बटन थिच्ना साथ यसले सम्पूर्ण कारलाई कभर गर्छ ।
कम्पनीले यो टेन्टलाई २ अलग–अलग साइजमा तयार पारेको छ । तपाईं यसलाई आफ्नो कारको आकार अनुसार चयन गर्न सक्नुहुन्छ ।
यसलाई कम्पनीले ३ कलर निलो, कालो र चाँदीको रंगमा बजारका ल्याएको छ । यस टन्टको सानो साइजको मूल्य १६ हजार भारतीय रुपैयाँ राखिएको छ । यसलाई कम्पनीले संसारको कुनै पनि देशमा निःशुल्क डेलीभरी दिने बताएको छ ।
यो टेन्टको भित्र एक सानो चार्जेबल ब्याट्री दिइएको छ, जसलाई एक पटक चार्ज गरी ४५ दिनसम्म प्रयोग गर्न सकिन्छ । यो आफ्नो पूरा साइजमा खुल्न मात्र ३९ सेकेण्डको समय लाग्छ ।
कम्पनीले दाबी अनुसार यो टेन्टको मदतले कारको भित्रको तापमान आधा कम गर्न सहयोग पुग्छ ।
७ जना मानिसहरुको टेन्ट
यदि तपाईं पिकनिकमा जानुहुन्छ वा नाइट स्टे गर्न चाहानुहुन्छ भने यसमा ७ जना मानिसहरु सजिलैसँग बस्न सक्छन् ।
यसको लागि, कम्पनीले टेन्टसँग जोडिएको फुल एक्सेसरीज प्रदान गर्छ । साथै, यसमा जडान गरिएको ब्याट्रीबाट एलईडी बल्ब पनि बाल्न सकिन्छ ।