बजाजले भि-२२ मोडलको उत्पादन गर्ला, यस्तो छ डिजाइन

काठमाडौं । बजाज अटोले बिक्रमादित्यको सम्झनामा निकालेको भि–सिरिज बाइक पछिल्लो समय निकै चर्चित बन्दै गइरहेको छ । यूनिक मोडर्न रेट्रो डिजाइनका साथ यसले पहिला नै अत्याधिक लोकप्रियता कमाइसकेको छ । 

यसअघि आएका भि१५ र हालै लन्च भएको भि१२ बाइकले बजारमा आफ्नो उपस्थितिलाई बलियो बनाइसकेका छन् । अब कम्पनीले भि रेन्जलाई विस्तार गर्छ वा गर्दैन भन्ने कुराको खुलासा भएको छैन । 

मोटोस्केचसले भि२२ को तीन छुट्टै विकल्पमा डिजाइन बाहिर ल्याएको थुप्रै भइसकेको छ । भारतीय मिडियाले यी सबै डिजाइनमा कम्पनीले बाइक उत्पादन सुरु गरेको जनाएका छन् । ति डिजाइन बजाज भि२२ क्याफे रेसर, भि२२ डर्ट बाइक र भि२२ क्लासिक रेट्रोको रहेको छ । यी बाइकका डिजाइन निकै आकर्षक देखिएका छन् । 

यी तीनवटै रेन्डररिङ बाइकहरू अग्रेसिभ मोडमा देखिन्छन् । भि२२ को डिजाइनमा क्रोम ट्रिटमेन्ट, डुअल राउन्ड इन्सटुमेन्ट क्लस्टरर्स, क्रोम फिनिसिङ क्याप र स्लीक टेललाइटको साथ एक ठूलो इन्धन ट्यांकजस्ता फिचरहरु समावेश गरिएका छन् ।

बजाज भि२२ क्याफे रेसर निकै स्पोर्टी रहेको छ भने, भि२२ डर्ट बाइक सबैभन्दा अग्रेसिभ देखिएको छ । यसको इन्धन ट्यांकको दुवै साइडमा ब्ल्याक थाई प्याड रहेको छ । यसमा दिइने स्पेक टायरले अफ–रोडमा उत्कृष्ट यात्रा गराउने क्षमता राख्छ ।

क्लासिक रेट्रो बजाज भि२२ सबैभन्दा आकर्षक स्टाइलमा डिजाइन गरिएको छ । यी तीनवटै मोडलमा समान पावर र ६–स्पिड गियरबक्स दिइने छ । यसमा २ सय २० सीसी डिटिएसआई बिएस–आईभी इन्जिन जडान गरिएको छ । तर, यिनिहरुको गियर र रेसियो भने फरक–फरक रहेको छ । 


Back_to_top