भारतमा पेट्रोलियम पदार्थको मूल्य घटेकै दिन नेपालमा बढ्यो

काठमाडौं । भारतमा कच्चा तेलको मूल्य घटेको भन्दै पेट्रोल तथा डिजेलको मूल्य कटौती भएको छ । विश्व बजारमा कच्चा तेलको मूल्यमा कमी आएकाले मूल्य घटाइएको भारतीय अयल कर्पोरेसनले जनाएको छ । विश्व बजारमा कच्चा तेलको मूल्य शुक्रबार १ प्रतिशतले कमीआई ७६.७९ प्रति व्यारलमा आइपुगेको हो । 

शनिबार भारतमा डिजेल तथा पेट्रोलको मूल्य पुनः घटेको हो । शनिबार भारतमा डिजेल र पेट्रोलमा प्रतिलिटर ९ पैसा घटाइएको हो । ४ दिनको अन्तरालमा पेट्रोलमा २३ पैसा र डिजेलमा २० पैसा मूल्य घटाइएको हो । उक्त गिरावटसँगै नयाँ दिल्लीमा पेट्रोल प्रतिलितर ७८.२० र डिजेल ६९.११ भारु कायम भएको छ ।

नेपाल आयल निगमले शनिवार पुनः पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ । निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य तीन÷तीन रूपैयाँ बढाएको हो । निगमले शनिवार राती १२ बजे देखि लागू हुने गरी मूल्य बृद्धि गरेको हो ।

मूल्य बढेसँगै पेट्रोल अब १ सय १३ रुपैयाँ भएको छ, भने डिजेल/पेट्रोलको मूल्य ९५ रुपैयाँ तोकिएको निगमले जानकारी दिएको छ । हवाई इन्धनको मूल्य भने प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरेको छ । अव हवाई इन्धनको मूल्य १ सय रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन ।


Back_to_top