काठमाडौं । नेपालका लागि सुजुकी मोटर साईसलको बिक्रेता भि जि अटोमोबाईल्सको बुटवलका लागि एक मात्र आधिकारीक बिक्रेता आर एस अटोमोबाईल्सले ग्राहकको सुबिधालाई मध्यानजर गर्दै रुपन्देही सुबिधा सम्पन्न वर्कशप संचालनमा ल्याएको छ ।
बुटवल उपमहानगरपालिका वार्ड नम्बर १० कालिकानगरमा रहेको सुजुकी मोटरसाइकल तथा स्कूटर स्वरुम तथा सर्भिस सेन्टर नयाँ ब्यबस्थापनले संचालनमा ल्याएको हो ।
‘नयाँ सर्भिस सेन्टरले दैनिक १५ देखि २० वटा मोटरसाइकललाई सेवा दिन सक्छ । हामीले बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म सेवा दिने छौ’ उक्त सर्भिस सेन्टरका सर्भिस हेड गोबिन्द अर्यालले मेरोअटोसँग भने ।
उक्त सर्भिस सेन्टरबाट सुजुकी बाहेकका मोटरसाइकल तथा स्कुटरहरुले पनि सर्भिसिङ्ग सेवा पाउने अर्यालले जानकारी दिए ।

