किन किन्ने ‘बी-०३ एक्स’, बलिया छन् तीन फिचर

काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता लिपमोटरले आफ्नो नयाँ विद्युतीय एसयूभी बी-०३ एक्समार्फत बजारमा फरक पहिचान बनाउन खोजेको छ । साँग्रिला मोटर्सले नेपाल ल्याएको कम्प्याक्ट एसयूभीमा भएका धेरै फिचरले यसलाई बलियो बनाएको हो ।

कम्प्याक्ट एसयूभी सेग्मेन्ट अहिले निकै प्रतिस्पर्धी बनिरहेको छ । यही प्रतिस्पर्धी सेग्मेन्टमा लिपमोटरको बी-०३ एक्समा भएको फिचरको सहायताले विशेष बन्ने योजनामा देखिन्छ ।

खासगरी बी-०३ एक्सको तीन वटा पक्ष निकै बलियो देखिएको छ । ठूलो ब्याट्री क्षमता, शक्तिशाली मोटर र उपयोगी ग्राउण्ड क्लियरेन्ससँगै पर्याप्त बुट स्पेस यसमा पाउन सकिन्छ ।

बी-०३ एक्सको सबैभन्दा आकर्षक पक्षमध्ये एक हो ब्याट्री साइज । आफ्नो सेग्मेन्टका धेरै प्रतिस्पर्धी मोडलको तुलनामा ठूलो ब्याट्री प्रयोग भएको एसयूभी लामो दुरी यात्रा गर्न पनि उपयोगी छ ।

विद्युतीय एसयूभीमा ब्याट्रीपछि महत्वपूर्ण विषय मोटरको क्षमता हो । बी-०३ एक्समा प्रयोग गरिएको मोटर पावर पनि यसको बलियो पक्षका रूपमा देखिन्छ । पर्याप्त पावर र टर्क उपलब्ध हुँदा सहरमा मात्र नभई उकालो, ओरालो तथा राजमार्गमा समेत गाडी चलाउँदा निकै रमाइलो फिल हुन्छ ।

विशेषगरी एसयूभीको आकार र तौलअनुसार बलियो मोटर भएको कारण ओभरटेक गर्न र उकालोमा चलाउन निकै सहज छ ।

नेपाल जस्तो सडक अवस्था र भौगोलिक विविधता भएको बजारका लागि अर्को महत्वपूर्ण पक्ष ग्राउण्ड क्लियरेन्स हो । बी-०३ एक्समा उपलब्ध १९० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स हल्का खराब बाटो, स्पीड ब्रेकर तथा ग्रामीण सडकको लागि उपयोगी छ ।

त्यसैगरी, बी-०३ एक्सको बुट स्पेस पनि व्यावहारिक देखिन्छ । परिवारसहित लामो यात्रा गर्ने वा दैनिक प्रयोगका सामान बोक्न ५४० लिटरको बुट स्पेस निकै उपयोगी हुन्छ । एसयूभीको डिजाइन र आकारसँग मिल्ने गरी बुट स्पेस उपलब्ध हुनु यसको व्यावहारिक पक्ष हो ।

समग्रमा हेर्दा बी-०३ एक्सको आकर्षण केवल डिजाइन वा प्रविधिमा सीमित छैन । ठूलो ब्याट्री, बलियो मोटर र उपयोगी ग्राउण्ड क्लियरेन्स तथा बुट स्पेसले यसलाई व्यावहारिक विद्युतीय एसयूभी बनाउने अनुमान गर्न सकिन्छ ।

नाइमा मोबिलिटी एक्स्पोबाट बुकिङ चलिरहेको यो एसयूभी दशैं अगाडि बुकिङकर्तालाई डेलिभरी दिने तयारी भइरहेको कम्पनीले जनाएको छ । अहिले पनि यो एसयूभी चढ्न किन्न वा बुकिङ गर्न चाहनेले कम्पनीको आधिकारिक शोरुममा गएर टेस्ट ड्राइभ गर्ने र बुकिङ गर्न सक्नेछन् ।


Back_to_top