बजेटपछि ओली सरकारको जनतालाई उपहार, पेट्रोल र डिजेल पुनः महंगो

काठमाडौं ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलमा तिन/तिन रुपैयाँ मूल्य बढाएको हो । बजेटपछि ओली सरकारले  जनतालाई उपहार स्वरूप पेट्रोल र डिजेलकाे मूल्य वृद्दि गरेर दिएकाे छ ।  

त्यसैगरी निगमले हवाई इन्धनमा  ५ रुपैयाँ मूल्य बढाएको आयल निगमका प्रवक्ता वीरेन्द्र गोहितले जानकारी दिए। 

मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ। डिजेल र मट्टीतेलको मूल्य भने ९५ रुपैयाँ पुगेकाे छ । खाना पकाउने ग्यासको भने मूल्य बढेको छैन।


Back_to_top