१४ ड्राइभिङ मोडमा चलाउन मिल्ने इलेक्ट्रीक स्पोर्टस् मोटरसाइकल

केही हप्ता अगाडि आफ्नो पहिलो टिजर सार्वजनिक गरेको ‘जिरो’ मोटरसाइकलले आधिकारीकरुपमा पहिलो इलेक्ट्रीक स्पोर्टस् बाइक सार्वजनिक गर्ने बताएको थियो । कम्पनीले यसलाई फेब्रअरी २४ मा सार्वजनिक गर्ने यसअघि नै घोषणा गरेको भएपनि यसको भिडियो सार्वजनिक भएको छ ।

कम्पनीले ल्याएको स्पोर्टस् टुरिङ मोटरसाइकल बस्नको लागि निकै आरमदायी देखिएको छ । यसमा बस्ने सिट ३१ इन्च फराकिलो रहेको छ भने यसको प्रिमियम मोडलको कुल तोल २२९ किलोग्राम रहेको छ ।

कम्पनीले यसको प्रिमियम मोडलमा १४.४ किलोवाट आवर क्षमताको लिथियम आयोन व्याट्री दिइएको छ । उक्त व्याट्रीले एक पटकको फुल चार्जमा २६० किलोमिटरसम्म यात्रा गर्न सकिने जनाइएको छ ।

यसमा रहेको ६ किलोवाटको फार्स्ट चार्जरबाट चार्जगर्दा एक घन्टामा ९५ प्रतिशतसम्म चार्ज गर्न सकिने र साधारण चार्जरले चार्ज गर्दा ३ घन्टा लाग्ने कम्पनीले दाबी गरेको छ । अधिकतम १९८ किलोमिटर प्रतिघन्टाको रफ्तारमा कुद्न सक्ने यो मोटरसाइकलमा दिइएको मोटरले ११० बीएच पावर प्रदान गर्ने दाबी गरिएको छ ।

अनौठो कुरा के छ भने यो मोटरसाइकलमा १४ विभिन्न किसिमका राइडिङ मोड दिइएको छ । जसमा रेन, स्पोर्टस, इको, स्ट्रीट र अन्य १० कुष्टुमाइज सेटिङ उपलब्ध रहेको छ ।

सुरक्षाको लागि बोस्चको स्टेविलिटी कन्ट्रोल टेक्नोलोजी, कर्नरिङ एबीएस, जिरो किपर अपरेटिङ सिस्टम, स्मार्ट फोन कनेक्सन जस्ता विशेषता उपलब्ध रहेका छन् ।

यसको अन्तर्राष्ट्रिय बजारमा २२ हजार डलरसम्म मूल्य तोकिने उल्लेख गरिएको छ ।


Back_to_top