अर्थ सचिब र नाडा कार्यसमिति बीच भेटघाट

काठमाडौं । नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालको कार्यसमितिले नव नियुक्त अर्थसचिब शिशिर ढुङ्गानासँग भेटी फेयर ट्रेड, सवारी साधन तथा स्पेयर पार्टसको आयातको सन्दर्भमा देखिएका समस्याहरु बारे विस्तृत छलफल गरेको नाडाद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उक्त भेटमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल, उपाध्यक्षहरु, महासचिब, कोषध्यक्ष, सहकोषध्यक्ष लगायत कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले अर्थ सचिव भएकोमा ढुङ्गानालाई बधाई तथा शुभकामना दिदै अटो क्षेत्रको समस्या र त्यसलार्य समाधान गर्न मन्त्रालयले पहलकदमी लिन आग्रह गरेका थिए ।

भेटघाटमा नाडाका उपाध्यक्षद्धय करण चौधरी र आकाश गोल्छाले अटोमोवाइल व्यवसायमा हाल देखा परेका समसामयिक समस्याहरु बारे जानकारी गराएका थिए । साथै, महासचिव सुनिल रिजालले स्पेयर पार्टसको व्यवसायलाई स्वच्छ व्यवसाय बनाउन सरकारले गर्नु पर्ने कामको बारे आफ्नो धारणा राखेका थिए ।

उक्त भेटघाटमा सचिव ढुङ्गानाले भन्सार, भीसीटीएस र करका सम्बन्धमा नाडाले प्रशिक्षण कार्यक्रम संञ्चालन गरिरहेकोमा धन्यवाद दिदै त्यसका लागि आवश्यक हुने विज्ञ मन्त्रालयबाटै पठाउने बताएका थिए ।


Back_to_top