काठमाडौंका यी स्थानमा आज सवारीसाधन प्रबेश निषेध

काठमाडौं । महाशिवरात्रीको दिन पशुपति क्षेत्रमा लाग्ने विशेष मेलालाई मध्यनजर गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न नाकाबाट गौशाला प्रबेश गर्ने सवारीसाधनलाई रोक लगाएको छ ।

ट्राफिक प्रहरीले एक सुचना जारी गर्दै चावहिलबाट गौशाला तर्फ जाने सवारीसाधनमा रोक लगाएको हो भने पुरानो बानेश्वरबाट गौशाल तर्फ जाने सवारीलाई पुरानो बानेश्वरमा रोक्ने छ ।

ज्ञानेश्वर, मैतिदेवी मोड, रोतोपुल हुँदै गौशाला तर्फजाने गाडीलाई रातोपुलमा नै रोकिने ट्राफिक प्रहरीले जनाएको छ । द्धारिका होटलको पछाडिको मार्गसमेतमा प्रबेश रोक लगाइएको छ ।

त्यसैगरी सिफल चौरबाट जयबागेश्वरी जाने सावरीसाधनले सिफल चौरबाट प्रबेश गर्न पाउने छैनन् भने लामापोखरी कुटुवहालबाट मित्र पार्क जाने बाटो पनि बन्द गरिने छ ।

गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्क आउने बाटो पनि बन्द रहने छ । त्यस्तै, तिलगंगाबाट गौशाला तर्फको बाटो पनि बन्द रहने छ । तिनकुने हुँदै चक्रपथमा गुड्ने मालबाहक सवारीसाधन सिनामंगलबाट प्रशेब पाउने छैनन् भने नारायणटारबाट करिडोर हुँदै आउने मालवाहक सवारीलाई गौरिघाटमा रोकिने छ ।


Back_to_top