होन्डाले ल्याउँदै नयाँ ह्याचव्याक कार, बाहिर आयो प्याटेन्ट दर्ताको तस्विर

आफ्नो चर्चित सेडान कार सिटीको प्ल्याटफर्ममा ह्याचव्याक मोडलको नयाँ कार ल्याउने तयारीमा होन्डा जुटेको छ । कम्पनीले तयार गरेको सिटी बेस ह्याचव्याक कारको प्याटेन्ट तस्विर बाहिर आएको हो ।

कम्पनीले ल्याउन लागेको सिटी बेस ह्याचव्याकको बाहिर आएको तस्विर अनुसार यसको सि पिलर सिटीको जस्तै हुबहु रहेको छ । यसको पछाडिको भाग भने ह्याच डिजाइनमा तयार गरिएको छ । यसको छत भने ह्याचव्याकमा रहने जस्तै डिजाइन गरिएको छ ।

होन्डाको नयाँ ह्याचव्याकको पछाडिको भाग मर्सिडिज बेञ्च ए क्लास ह्याच जस्तै बनाइएको छ । यसको इन्टेरियर धेरै हदसम्म सिटीबाट प्रेरित रहने जनाइएको छ । तर, यसमा कम्पनीले केही परिमार्जन भने पक्कै गर्नेछ ।

अन्तर्राष्ट्रिय मिडियाको दाबीलाई मान्ने हो भने नयाँ सिटी ह्याचव्याक १.० लिटर टर्बो पेट्रोल र १.५ लिटर माइल्ड हाईब्रिड टेक्नोलोजियुक्त इन्जिनमा उपलब्ध रहने छ ।

होन्डाले आफ्नो चर्चित ह्याचव्याक ज्याज बिक्री नगरेका बजारमा यसलाई बिक्री गर्ने प्रारम्भिक अनुमान गरिएको छ ।


Back_to_top