भारतको दोस्रो ठूलो प्यासेन्जर कार निर्माता कम्पनी हुन्डाई मोटर इन्डियाले आफ्नो सफल मोडल ग्राण्ड आई १० को फेसलिफ्ट मोडलको सडक टेस्टिङ सुरु गरेको छ । हुन्डाईले यो मोडल भारतमा सन् २०१३ मा पहिलो पटक लन्च गरेको थियो ।
सडकमा देखिएको तस्विर अनुशार यो कार पहिलको मोडल भन्दा केहि ठूलो तथा लामो रहेको छ । यसलाई हुन्डाईले पहिलाको भन्दा लामो र ठूलो ह्वीलबेसमा बनाउने सम्भावना छ ।
यसको डिजाइन हुन्डाईकै आउदै गरेको एलान्ट्रा फेसलिफ्ट जस्तो देखिने छ । यसको फ्रन्ट र हालको डिजाईन भन्दा बोल्ड हुनेछ । यसको इन्टेरियर अपडेटेड मोर्डन किसिमको हुनेछ भने पहिलाको कार भन्दा बढी स्पेस र फिचरहरु यसमा हुनेछ ।
यो कारमा हुन्डाईले आफ्नो अपडेटेड इन्जिन दिने छ भने फियुल माईलेज बढाउने छ । यो इन्जिन एएमटी अप्सनसहित उपलब्ध हुनेछ ।
यो तेस्रो जेनरेसन ग्राण्ड आई १० को कम्पिटीसन सदाझै मारुती सुजुकी स्वीफ्टसँग हुनेछ ।

