भारतीय बजारमा मित्सुबिशीले आफ्नो नयाँ एसयूभीको सार्वजनिक गर्ने भएको छ । कम्पनीले नयाँ एसयूभीलाई अगष्ट २० मा सार्वजनिक गर्ने जनाएको छ ।
कम्पनीको फेसलिफ्ट आउटल्यान्डरमा यसमा २.४ लिटर पेट्रोल इन्जिन रहेको छ । सात सिट क्षमता भएको मध्यम साईजको यस एसयूभीमा प्रिमियम लेदर सिट दिइएको छ ।
यसमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ । यसका अतिरिक्त ड्यासबोर्ड, तथा भित्री लेआउट आधुनिक बनाईएको छ भने, नयाँ इन्ट्रुमेन्टल क्लस्टर राखिएको छ । यसमा लगाईएको इन्जिनले १६७ वीएचपी पावर तथा २२२ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनलाई सीभीटी गियरबक्ससँग जडान गरिएको छ ।
आउटल्यान्डरमा टू ह्वील ड्राइभ वा अल ह्वील ड्राईभको अप्शन दिईएको छ । सुरक्षाका लागि मित्सुबिशी आउटल्यान्डरमा सात एयरब्याग, ट्याक्शन कन्ट्रोल र एबीएस, ईबीडी आदि विशेषता दिईएको छ ।
भारतीय बजारमा मित्शुबिशी आउटल्यान्डरको मूल्य ३१.८४ लाख भारतीय मूल्य कायम गरिएको छ । यसले बजारमा टोयोटा फर्चुनर र आउदै गरेको होन्डा सीआर—भीसँग प्रतिश्पर्धा गर्नेछ ।

