कहिले आउँछ एप्पलको ‘आई कार’ ?

एप्पलले कहिले कार ल्याउने छ भन्ने बिषयमा बिभिन्न अड्कलहरु बाहिर आईरहेका छन् । अझ केही दिनअघि टेस्लाका हेड इन्जिनियरले एप्पल ज्वाइन गरेपछि यस्तो चर्चा चुलिएको छ । 

एप्पलले आफ्नो पहिलो कार २०२३ मा सार्वजनिक गर्ने तयारी गरेको हङकङ स्थित टिएफ इन्टरनेशनल सेक्योरिटीका एप्पल विश्लेषकले दाबी गरेका छन् । 

अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार एप्पल कम्पनीले आफ्नो सेवा, तथा कारोबार बिस्तार गरि २ हजार अर्व अमेरिकी डलरको बजार पुँजिकरण हासिल गर्ने योजना बनाएको छ ।

यो विश्लेषण यसपूर्व ताइवानको कम्पनी केजीआई सेक्योरिटीजसँग जोडिएको थियो । कम्पनीका सेक्योरिटीजले भविष्यमा एप्पल कम्पनीले सार्वजनिक गर्ने उत्पादनबारे विश्लेषण गरेका थिए । 

प्राप्त जानकारी अनुरुप एप्पलले २०२३ देखि २०२५को मध्यसमयमा सार्वजनिक गर्ने कारलाई कम्पनीको आगामी स्टार उत्पादनको रुपमा लिइने छ । 

कुओका अनुसार एप्पलको कारले अन्तर्राष्ट्रिय अटो बजारमा क्रान्ति सिर्जना गर्ने अनुमान गरिएको छ । जसरी, कम्पनीको आइफोनले २००७ सालमा मोवाइल फोनमा परिर्वतन ल्यायो त्यो अब अटो क्षेत्रमा पनि देख्न पाइन छ । यद्यपी, कपर्टिनो स्थित कम्पनीको मुख्यालयले भने एप्पल कारको उत्पादनबारे आधिकारीक जानकारी सार्वजनिक गरेको छैन् । 


Back_to_top