यमाहाले वाइजेडएफ–आर १५ भि ३.० मोटोजिपी लिमिटेड एडिशन भारतमा सार्वजनिक गरेको छ ।
मोटरसाइकलको रेगुलर भर्सनको मूल्य १ लाख ३० हजार भारतीय रुपैयाँ तोकिएको छ भने, स्टान्डर्ड मोडलको मूल्य ३ हजार रुपैयाँ बढि निर्धारण गरिएको छ ।
मोटरसाइकललाई यमाहामा रेसिंग ब्लु कलर दिइएको छ । यसमा ट्यांकी, साइड प्यानल, फेयरिंमा मोटोजिपी बे्रेकिंग दिइएको छ ।
आर१५मोटोजिपी एडिशनको फ्रन्ट तथा साइड प्यानल र फेयरिंगमा मोटोजिपी बेक्रिंग, मुभी स्टाको लोगो तथा बटम बेली प्यानमा इनीओस लगाइएको छ ।
यसमा रेगुलर मोडलको जस्तै १५५ सिसि क्षमताको फोर स्ट्रोक सिंगल सिलिन्डर इन्जिन लगाइएको छ । यसले इन्जिन १९ बिएचपी पावरका साथै १५ एनएम टर्क उत्पादन गर्छ । ६ स्पिड म्यानुअल गियर बक्स भएको लिमिटेड एडिसनको स्टान्डर्ड विशेषता अन्तर्गत एलइडी हेडल्याम्प, एलइडी टेल लाइट, फुल डिजीटल इन्स्ट्रुमेन्ट क्लस्टर, १७ –इन्च एमआरएफ टायर्स तथा स्लिपर क्लच लगाइएको छ ।
सस्पेन्सनको लागि मोटसाइकलको फ्रन्टमा टेलिस्कोपी फर्क र रियरमा मनोशोक दिइएको छ । बे्रकिंग ड्युटीको लागि यसको अघिल्लो पांग्रामा २८२ तथा पछिल्लो पांग्रामा २२० मिलीमिटर डिस्क ब्रेक लगाइएको छ ।
यमाहाले योसँगै रियर डिस्क बे्रकसहित एफजेडएस एफआई भर्सन उपलब्ध गराएको छ । यो भर्सनमा सिट कभर, ट्यांक प्याड, फ्रेम स्लाइडर, स्किड प्लेट तथा डेटोना मफलर उपलब्ध छ ।
कम्पनीले यसमा दुइ कलर अप्शन दिएको छ । म्याट ग्रिन र डार्क नाइट कलरमा उपलब्ध भर्सनको मुल्य ८७ हजार ४२ भारतीय रुपैयाँ तोकिएको छ ।
यमाहा मोटर इन्डिया ग्रुपका चेयरम्यान मोटोफुमी सिताराले अन्तर्राष्ट्रिय
बजारमा कम्पनीको नयाँ मोटरसाइकलले राम्रो प्रभाव पार्ने दाबी गरेका छन् । ‘द कल अफ द ब्लु’ अभियान अन्र्तगत नयाँ विशेषता, प्रविधी तथा अवधारणा समेटिएकाले ग्राहक सहजै आकर्षित हुने उनले जनाए ।
यमाहाको वाइजेडएफ–आर १५ भि ३.० रेगुलर भर्सन नेपाली बजारमा नाडा अटो शोमा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

