जापानी अटो उत्पादक कम्पनी टोयोटाद्वारा उत्पादित पाँचौ जेनेरेसन र्याभ-फोर सार्वजनिक भएको छ । कम्पनीले उक्त मोडलको सार्वजनिक अमेरिकामा भएको न्यूर्योक अटो शोमा गरेको हो ।
यसलाई ब्यवसायीकरुपमा बजारमा पठाउने काम भने २०१९को सुरुवातबाट नै गर्ने कम्पनीले जनाएको छ । पहिलो लटमा अमेरिकी बजारमा बिक्री वितरण हुने नयाँ र्याभ चोर त्यसपछि क्रमश विश्व बजारमा फैलने छ । संभवत २०१९ को मध्यतिर वा अन्त्यतिर नेपाली बजारमा नयाँ र्याभ-फोर आउने छ ।
र्याभ-फोरलाई टोयोटाको निक्कै चर्चित मोडलको रुपमा लिइन्छ । अमेरिकी बजारमा टायोटाले कोरोला, हाइल्यान्डर, ट्याकोमा जस्ता लोकप्रिय मोडल बिक्री–वितरण गर्दैआएको छ । यस्तोमा बहुप्रतिक्षित एसयूभी सार्वजनिक हुने विषयले सबैको ध्यान खिच्नु स्वभाविक हो । पाँचौ जेनेरेसन र्याभ-फोरमा समावेश केही महत्वपूर्ण विशेषताहरू यस्ता रहेका छन् ।
अग्रेशिप लूक्स

र्याभ-फोरलाई निकै अग्रेशिप लूक्स दिइएको छ । एफटीएसी अवधारणामा आधारित यो मोडललाई निकै परिमार्जन गरिएको कम्पनीले जनाएको छ । कारमा अत्याधुनिक विशेषताअन्तर्गत फेन्डर–फ्लेअर्स, रुफ–फिक्चर, दुईवटा बार–ग्रिल लगाइएको छ । साथै, कारमा टेललाइट, ब्राइट बेजल्स, लोअर बम्पर क्लेडिङ्गसमेत दिइएको छ ।
परिमार्जित ड्राइभिङ डायनामिक सिस्टम
टोयोटा न्यू ग्लोबल आर्किट्रेक्चर अवधारणामा निर्माण गरिएको छ । जसको प्रयोग यसअघि कम्पनीले उत्पादन गरेको हाइब्रिड मोडल पियुषदेखि सी–एचआर क्रसओभर, क्याम्रीदेखि आयुससम्म यही अवधारणामा निर्माण गरेको छ ।

यसकारण पुराना मोडलको तुलनामा र्याभ-फोरले उत्कृष्ट ड्राइभिङ पफर्मेन्स दिने कम्पनीको दाबी छ । सुरक्षालाई मध्यनजर गर्दै कारमा इन्–कर्पाेरेटेड इमर्जेन्सी ब्रेकिङ सिस्टम, प्रि–कोलुसन वार्निङ दिइएको छ भने, ल्यान्ड किपिङ्ग वार्निङ प्लस असिस्ट, अटो हाई बिम, क्रूज कन्ट्रोल, रियर क्रश ट्राफिक अलर्ट, टच–नक सेफ्टी स्वीटजस्ता विशेषता उपलब्ध छ ।
इन्टेरियरमा आधुनिक विशेषता समेटिएको छ । यसमा हेडअप डिस्प्ले अप्शन उपलब्ध छ भने इनटियून ३.० इन्फोटेनमेन्ट प्रणाली जडान गरिएको छ । त्यस्तै, जेबीएल अडियो र एप्पल–कार–प्ले यसका थप विशेषता हुन् ।

उत्तर अमेरिकामा सार्वजनिक हुने मोडलमा भने २.५ लिटर डाइनामिक फोर्स इनलाइन फोर, मल्टिहोल डाइरेक्ट इन्जेक्सन इञ्जिनको प्रयोग गर्ने कम्पनीले जनाएको छ । भेरिएवल कुलिङ सिस्टम विशेषता रहेको यस इञ्जिनले १७६ बीएचपी पावरकासाथै १७२ एलबी फूटपावर उत्पादन गर्छ ।


