जापानी अटोनिर्माता कम्पनी होन्डाले आफ्नो १०औं जेनेरेशन ‘सिभिक फेसलिफ्ट सेडान कार’ भारतीय बजारमा सार्वजनिक गर्ने भएको छ ।
नेपाली बजारमा पनि ९ औं जेनेरेशन होन्डा सिभिक बिक्री वितरण भएको थियो भने १० औं जेनेरेशन कारपनि नेपाल आउने छ । सिभिक पहिला भारतीय बजारमा सार्वजनिक भएपछि मात्रै नेपाली बजारमा आउने नेपालको लागि आधिकारीक बिक्रेता स्याकार कम्पनीले जनाएको छ ।
होन्डाले भारतमा फेव्रुअरीमा भएको अटो एक्स्पो २०१८ मा सिभिक सेडानलाई शोकेस गरेको थियो ।
मिडिया रिपोर्टका अनुसार, कम्पनीले यस फेसलिफ्ट सेडान कारलाई सन् २०१९ मा सार्वजनिक गर्नेछ । कम्पनीले दस औं जेनेरेशन सिभिकमा लुक्स, डिजाइन, पावर र फिचर्समा समेत परिवर्तन गरेको छ ।
यस कारको फ्रन्ट र रियर प्रोफाइलमा नयाँ लुक्स दिएको छ भने, फ्रन्टम फुल एलइडी हेडल्याम्प दिएको छ । सिभिक स्पोर्ट भेरियन्ट भने यसअघि नै अमेरिकामा सार्वजनिक भैसकेको छ । स्पोर्ट भेरियन्टमा १८ इन्च ह्वील दिइएको थियो भने रेगुलर मोडलमा १७ इन्च अलोय ह्वील दिइएको छ ।
कारको एक्स्टेरियरमा जस्तै इन्टेरियरमा पनि धेरै पनिवर्तन गरिएको छ । नयाँ जेनेरेशन कारमा ७ इन्चको पुनः डिजाइन गरिएको इन्फोटेनमेन्ट सिस्टम दिइएको छ ।
दुई भेरिरयन्टमा बजारमा आउन लागेको सिभिक डिजेल भेरियन्टमा १.६ लिटरको आई–डिटीईसी इन्जिन र पेट्रोल भेरियन्टमा २.० लिटर इन्जिन दिइएको छ ।

