काठमाडौं । सर्वसाधारणलाई सहज होस् र कार्यालयमा अनावस्यक भिड नलागोस भनेर प्रविधिको प्रयोग गर्ने गरिन्छ । तर, यातायात व्यबस्था विभागले प्रयोग गरेको प्रविधिले नागरिकले दुःख पाईरहेका छन् ।
नयाँ तथा नविकरणका लागी दिइएको लाईसेन्स बन्यो वा बनेन भनेर जानकारी दिन सुरु भएको एसएमएस सेवाले मानिसलाई सास्तीमात्रै दिइरहेको छ ।
लाईसेन्स समयमा उपलब्ध गराउन नसेको भन्दै आलोचना खेप्दै आएको विभागले ट्रायल पास भएका तथा नविकरणको लागि आवेदन दिएकालाई १ बर्षसम्म पनि लाईसेन्स उपलब्ध गराउन सकेको छैन । एसएमएस मार्फत तपाईको लाईसेन्स प्रिन्ट भयो सम्बन्धीत कार्यलयबाट आफ्नो लाईसेन्स लिनुहोस् भनेर सुचना पाएको महिना दिन बित्दा पनि लाईसेन्स सम्बन्धित कार्यलयमा नपुग्ने गरेको पाइएको छ ।

३ अक्टूवर २०१७ मा नविकरणको लागि आबेदन दिएको लाईसेन्स आजसम्म विभागले उपलब्ध गराएको छैन । काठमाडौं मनमैजुका सुरेस बस्नेतले करिब एक बर्ष अगाडि आबेदन दिएको उक्त लाईसेन्स ६ सेम्टेम्वर २०१८ मा एसएमएसमार्फत जानकारी लिँदा १४ सेप्टेम्वरमा लाईसेन्स लिन सम्बन्धित कार्यलयमा जानु भनेर सुचना आयो ।
‘विभागको एसएमएस आएको १६ दिन पछि सानोभर्याङ्ग यातायात कार्यालयमा लाईसेन्स लिन जाँदा कर्मचारीले अबको २ महिना पछि आउनु भन्दै फर्काइदिए’, बस्नेतले मेरोअटोसँग भने ।
हामीले पनि करिब दिउँसाे ३ बजे यस बिषयमा बुज्न खोज्दा कार्यलयमा कोहि कर्मचारीनै भेटिएनन् । स्मार्ट लाईसेन्स बितरण शाखामा भेटिएका एक कर्मचारीले आउने जति सबैलाई एउटै रेडिमेट उत्तर दिदै भनिरहेका थिए ‘अबको २ महिना भित्र लाइसेन्स आउने छ, लिन आउनु होला ।’
सरकारी कार्यालयले प्रयोग गरेको प्रविधिले नागरिकलाई दुःखमात्र दिएको छैन, कार्यालयमा कर्मचारी नभेटिदा थप कुनै जानकारी पाउनसमेत बन्चित हुनु परेको छ ।

