काठमाडौं । बीएमडब्ल्यूले नयाँ मोडलको मोटरसाइकल ‘जी–३१० जीआर र जीएस’ भारतीय बजारमा जुलाई १८ मा सार्वजनिक गरेको थियो । जीआरको मूल्य २ लाख ८५ हजार भारतीय रुपैयाँ तोकिएको छ भने, जीएसको मूल्य ३ लाख ४९ हजार भारतीय रुपैयाँ तोकिएको छ ।
सुरुवाती दिनमा ग्राहकहरूले एड्भेञ्चर मोटरसाइकलको मूल्य महंगो भएको प्रतिक्रिया दिएका थिए । तर पनि यस सेग्मेन्टमा भएका सीमित विकल्पका कारण मानिसहरू यो बाइकको प्रतिक्षा गरिरहेका थिए ।
यी बाइक भारतीय बजारमा आएको तीन महिना पुगेको छ । टीभीएससँगको सहकार्यमा होसर प्लान्टमा निर्माण भएको यी दुबै मोडलको डिजाइन बीएमडब्ल्यू मोटोराडले गरेको हो । अब भने कम्पनीले यसको उत्पादन बढाउने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय बजारमा बढ्दो माग र स्थानीय बजारमा भएको बिक्री बढोत्तरीले कम्पनी उत्साहित भएको छ । केही महिनादेखि यसको स्थानीय बजारमा माग पनि बढी रहेको छ ।
विशेषतः बीएमडब्ल्यूको ब्रान्ड–नेम, यसले उत्पादन गरेको बाइकको स्ट्याण्डर्डनेस् र लग्जरीपनले हरेक ब्यवसायीलाई उक्त ब्रान्ड नेपाल ल्याउन लालयित बनाएको अटोबजारमा हल्ला चल्दैआएको छ ।
बीएमडब्ल्यू जी–३१० जीएसमा ३१३ सीसी, सिङ्गल सिलिन्डर, लिक्विड–कूल, फ्यूल इन्जेक्सन इञ्जिनले ३४ बीएचपी पावर र २८ एनएम–टर्क जेनेरेट गर्छ । यस मोटरसाइकलमा सिक्स–स्पीड गियरबक्स जडान गरिएको छ । उक्त एड्भेञ्चर मोडलले राम्रो पफर्मेन्ससमेत देखाइरहेको छ । जी–३१० जीएसको अधिकतम् स्पीड क्षमता १४३ किलोमिटर प्रतिघन्टा रहेको छ ।
जी–३१० जीएसमा फोर–पिस्टन क्यालिपर–३०० एमएम फ्रन्ट–डिस्कब्रेक र पछाडि सिङ्गल पिस्टन क्यालिपर–२४० एमएम डिस्कब्रेक रहेको छ । कम्पनीले यसमा ड्यूल च्यानल एबीएस सिस्टमसहितको स्ट्यान्डर्ड प्याकेज दिएको छ । जी–३१० जीएसको अगाडि भागमा ४१ एमएम अपसाइड डाउन–फर्क दिइएको छ भने पछाडि भागमा १८० एमएम प्रि–लोडेड एड्जस्टेवल मोनो–शक राखिएको छ ।
एड्भेञ्चर मोटरसाइकल अनरोड र अफरोडमा यात्रा गर्नका लागि ड्यूल–स्पोर्ट मेटजेलर टुरेन्सकासाथ आएको छ । कम्पनीले यसलाई तीन कलरको विकल्प दिएको छ ।
नेपाल ल्याउने दौड सुरु
भारतीय बजारमा उत्पादन भएको बीएमडब्ल्यू मोटरसाइकल नेपाली बजारमा ल्याउन व्यावसायिक घरानाहरूको दौड सुरु भएको बुझिएको छ ।
उक्त ब्रान्डलाई नेपाली बजारमा ल्याउन नेपालका ठूला एक दर्जन व्यावसायिक घराना लागिपरेका छन् । विशेषतः बीएमडब्ल्यूको ब्रान्ड–नेम, यसले उत्पादन गरेको बाइकको स्ट्याण्डर्डनेस् र लग्जरीपनले हरेक ब्यवसायीलाई उक्त ब्रान्ड नेपाल ल्याउन लालयित बनाएको अटोबजारमा हल्ला चल्दैआएको छ । नेपाली बजारमा यी बाइकको मूल्य ८ लाखदेखि ९ लाख रुपैयाँसम्म पर्ने अनुमान गरिएको छ ।


