काठमाडौं । टीभीएसले अपाचे आरटीआर १६० फोर भीमा परिमार्जन गरेको छ । कम्पनीले सन् २०२२ मोडल भन्दै केही कस्मेटिक परिमार्जन गरेको हो ।
कम्पनीले यसमा देखिने ठूलो परिमार्जन हेडलाइटमा गरेको छ । नयाँ हेडलाइट, स्मार्ट कनेक्ट फिचर, नयाँ सेटअप सहितको एलइडी डे टाइम रनिङ लाइट र चालकले ड्राइभिङ मोड छनोट गर्न सक्ने बनाएको छन् । तीन राइडिङ मोड अर्बन, स्पोर्ट र रेन दिइएको छ ।
अपाचे आरटीआर १६० फोर भी स्पेशल एडिशन स्पोर्टी बडी डिकल्स र स्पेशल कलर थीममा तयार भएको छ । कम्पनीले यसमा नयाँ सिट प्याटर्न, एडजस्टेबल क्लच र ब्रेक लिभर पनि नयाँ दिएको छ । नयाँ मोटरसाइकल विभिन्न ३ कलर अप्सनमा उपलब्ध हुनेछ ।

